
आरुघाट ईप्रकाका प्रमुख रामजी देवकोटा बने ‘बेस्ट पुलिस अफ द मन्थ’
ईलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी प्रमुख इन्स्पेक्टर रामजी देवकोटा माघ महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय गोरखाले हरेक महिना उत्कृष्ठ काम गर्ने प्रहरीलाई हौसला प्रदान गर्न ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा गर्दै आएको छ । सोही अन्तरगत माघ महिनामा उत्कृष्ठ काम गर्ने ईलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक देवकोटा बेस्ट पुलिस घोषित भएका हुन् ।

जडिवुटीको अवैध चोरी निकासी नियन्त्रण, अपराध रोकथाम तथा न्यूनिकरणमा महत्वपूर्ण भुमिका निर्वाह गरेको, सामुदायिक प्रहरी साझेदारी अन्तरगत बिभिन्न कार्यक्रम संचालन गरेको, आफ्नो क्षेत्रमा शान्ति सुब्यवस्था कायम गर्न सफल भएका कारण प्रहरी निरीक्षक रामजी देवकोटालाई बेस्ट पुलिस घोषित गरिएको डिएसपी लिलाराज लामिछानेले बताए ।
बिहिवार जिल्ला प्रहरी कार्यालय गोरखामा आयोजित एक कार्यक्रमका बिच जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी अनुपम श्रेष्ठले प्रहरी निरीक्षक देवकोटालाई नगदसहित प्रमाण पत्र प्रदान गरेका हुन् ।
प्रहरीहरुको मनोबल उच्च राख्न र समाजमा शान्ति सुरक्षा कायम गराउन प्रोत्साहन गर्ने उद्देश्यले गोरखा प्रहरीले हरेक महिना यो कार्यक्रम संचालन गर्दै आएको छ ।




