
होलीमा इच्छा बिपरित रङ दल्नेलाई गोरखा प्रशासनले कारवाही
होलीमा इच्छा बिपरित रङ दल्नेलाई जिल्ला प्रशासन कार्यालय गोरखाले कारवाही गर्ने भएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी पुष्कर रानाले बुधवार एक बिज्ञप्ती जारी गर्दै कसैको इच्छा बिपरित लोला हान्ने तथा पानी छ्याप्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने गरेमा कारवाही गरिने बताएका छन् ।
बतावरण तथा जनस्वास्थ्यमा प्रतिकुल असर पर्ने खालका केमिकल, रङ्गिन बस्तुहरु, प्लास्टिकजन्य सामग्रीको प्रयोग नगर्न नगराउन पनि प्रशासनले सर्वसाधारणलाई अपिल गरेको छ ।
होली पर्वलाई हर्सोउल्लासका साथ मनाउन प्रशासन कार्यालयले जिल्लाबासीमा अनुरोध गरेको छ ।




