
गोरखा बजार र आसपास क्षेत्रमा आज दिनभर विजुली नआउने
गोरखा बजार र आसपास क्षेत्रमा आज दिनभरी विजुली नआउने भएको छ ।
आबुखैरेनीबाट सप्लाई भएको ३३ के.भि. गोरखा फिडरमा आँबुखैरेनी सब–स्टेशन देखि गोरखा सपस्टेशन सम्म विद्युत लाइन मुनि तथा लाइन आसपामा परेका रुख तथा रुखका हाँगा विगाँ काटुनपर्ने भएकाले विद्युत आपुति बन्द रहने नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले जनाएकोछ ।
विहान आठ बजे देखि बेलुका ५ बजे सम्मका लागि विद्युत आपुति बन्द गरिएको वितरण केन्द्र गोरखाले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले जारी गरेको सूचना ।





