
गोरखामा चोरीका आरोपमा दुई जना पक्राउ
गोरखामा चोरीको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सिरानचोक गाउँपालिका वडा नं.५ छोप्राकका २९ को मनु परियार र ३२ वर्षीय नारायण सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए ।
सिरानचोक गा.पा. वडा नं.५ छोप्राक चित्रे क्योरपानी स्थित धन बहादुर भुजेलको घरबाट तामाको ताउलो लगायतका जिन्सी सामानहरु चोरी भएको घटनामा संलग्न रहेको आधारमा उनीहरुलाई पक्राउ गरिएको उनले बताए ।
माघ २२ गते भुजेलको घरबाट सामान चोरी भएको थियो । सोहि घटनाका आधारमा ईलाका प्रहरी कार्यालय ठाँटीपोखरी गोरखाबाट प्रहरी निरिक्षक प्रताप पौडेलको कमाण्डमा खटिई गएको टोलीले विहिबार उनीहरुलाई पक्राउ गरेको हो ।
गोरखामा विगत केही दिन देखी चोरीका घटनाहरु बढ्दै गईरहेकाले चोरी नियन्त्रणको लागि प्रहरी टोली परिचालन गरी निगरानी बढाईएको थियो ।
पक्राउ परेका दुवै जना विरुद्ध चोरी कसूर शीर्षकमा मुद्दा दर्ता भएको छ ।




