
गोरखामा होहल्ला तथा अशान्ति मच्चाउने तीन जना पक्राउ
गोरखामा होहल्ला तथा अशान्ति मच्चाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गोरखा नगरपालिका वडा नं ९ शिवालय चोकमा होहल्ला तथा अशान्ति मच्चाइ रहेको अवस्थामा ठिगुरेस्वाँराका २८ वर्षीय राजु पुन, २४ वर्षीय शोभित कुँवर र ३० वर्षीय आकाश बस्नेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए ।
उनीहरुलाई बुधबार राती आठ बजे पक्राउ गरिएको हो । प्रहरीले सम्झाई बुझाई गर्दा उल्टै प्रहरीलाई समेत गाली गलौज अभद्र व्यवहार गरी कामकाजमा बाधा अवरोध पु¥याएकाले उनीहरुलाई पक्राउ गरिएको लामिछानेले बताए ।
पक्राउ परेका तीन जनालाई विहिबार सार्वजनिक शान्ति विरुद्धको कसुर शीर्षकमा मुद्धा दर्ता गरिएको छ । उनीहरुलाई जिल्ला प्रशासन कार्यालय गोरखाबाट हिरासतमा राखी अनुसन्धान गर्न दिन १०(दश) म्याद थप गरी घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।




