
भिमसेनबाट ९३ थान चिरान सालको काठ सहित ट्याक्टर नियन्त्रणमा
गोरखाको भिमसेन थापा गाउँपपालिका वडा नं १ पिपल डाँडाबाट ९३ थान चिरान सालको काठ सहित टयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
आरुघाटबाट घ्याम्पेसाल तर्फ आउदै गरेको ग १ त ७२५७ नम्बरको टयाक्टरमा ल्याउदै गरेको काठ प्रहरीले नियन्त्रणमा लिएको हो ।
टयाक्टर चालकम गोरखा नगरपालिका वडा नं १२ का सुसन कुमाल र काठ सहितको टयाक्टर सबडिभिजन वन कार्यालय घ्याम्पेसाललाई बुभाइएको जिल्ला प्रहरी गोरखाका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।
गस्तीमा निस्किएको घ्याम्पेसाल प्रहरीले नियन्त्रणमा लिएको उक्त टयाक्टरमा कुनै पनि कागजात नरहेको भेटिएपछि प्रहरीले कारवाहीका लागि सब डिभिजन वन कार्यालयको जिम्मा लगाएको जानकारी गराएको छ ।




