| बुधबार, कार्तिक २५, २०८३

लघुवित्तहरुको आयोजनामा गोरखामा वित्तीय साक्षरता कार्यक्रम

नेपाल लघुवित्त बैंकर्स संघको आयोजना तथा साधना लघुवित्त वित्तीय संस्थाको समन्वयमा मंगलवार गोरखामा वित्तीय साक्षरता कार्यक्रम भएको छ ।

साधना लघुवित्तका अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र वहादुर क्षेत्रीले लघुवित्तमा अहिले देखिएको समस्याका एक दुई वटा घटना हेरेर समग्रमा लघुवित्तको स्थिती मूल्याङ्कन गर्न नहुने बताए । कर्जाको सदुपयोग गर्नलाई निर्देशन गर्नुको साथै कर्जा दुरुपयोग गर्दा पर्न सक्ने कठिनाई तथा कानुनी झमेलाको बारेमा समेत उनले सहभागीलाई प्रशिक्षण दिएका थिए ।

गोरखा स्थित १३ वटा लघुवित्तको आयोजनामा भएको बित्तिय साक्षरता कार्यक्रममा बिभिन्न ठाउँका चार सय भन्दाबढिको सहभागीता थियो । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था,. छिमेक लघुवित्त वित्तीय संस्था, डिप्रोक्स लघुवित्त वित्तीय संस्था, स्वावलम्बन लघुवित्त वित्तीय संस्था, साधना लघुवित्त वित्तीय संस्था, जाल्पा लघुवित्त वित्तीय संस्था, समिट लघुवित्त वित्तीय संस्था, कालिका लघुवित्त वित्तीय संस्था, एन.आई.सी. एशिया लघुवित्त वित्तीय संस्था, ग्लोवल आई.एम.ई. लघुवित्त वित्तीय संस्था, सबैको लघुवित्त वित्तीय संस्था, मिरमिरे लघुवित्त वित्तीय संस्था, एन.एम.वि. लघुवित्त वित्तीय संस्था कार्यक्रममा सहभागी थिए ।

साक्षरता कार्यक्रम अघि लघुवित्त संस्थाका सदस्यहरु हरमटारी रंगशालामा भेला भई हातमा प्लेकार्ड बोकेर घ्याम्पेशाल बसपार्क हुदै अस्पतालरोड, ठुलो आगन, बसपार्क हुदै बजार परिक्रमा गरेका थिए । उक्त कार्यक्रममा साधना लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले ग्राहक सदस्यलाई उत्पादनमुलक क्षेत्रमा कर्जा तथा शिप प्रदान गर्दै आएकोमा उक्त उत्पादनलाई बजार संग जोडने आवधारणको समेत बिकास गर्नुपर्ने बताए ।

नेपाल लघुवित्त बैंकर्स संघको सचिब तथा सबैको लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत केशब पौडेलले समग्र लघुवित्त क्षेत्रको उपलब्धी तथा हाल कथित लघुवित्त बिरुद्धको संघर्ष समितिको नकरात्मक प्रभावको बारेमा चर्चा गरेका थिए ।

नेपाल ग्रामिण लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत शयाम कुमार कट्वालले लघुवित्त कार्यक्रमले ग्रामिण जनसमुदायको जिबनमा पारेको सकरात्मक प्रभाव तथा परिर्बतनको बारेमा जानकारी गराए । त्यसै गरी लघुवित्त कार्यक्रममा आबद्ध महिला दिदिबहिनीहरुको जिवनस्तर तथा आय स्तर उकासन तथा उधमशिलता विकास गर्न लघुवित्तले गरेको सहगोगको बारेमा बिभिन्न लघुवित्तमा आवद्ध सदस्यहरुले धारणा राखेका थिए ।

त्यसै गरी नेपाल राष्ट्र बैंकको पोखरा प्रदेश कार्यालयको उप–निर्देशक नबिना ढकालले लघुवित्तले ग्रामिण अर्थतन्त्र उकास्नको लागि खेलेको भुमिकाको बारेमा प्रशंसा गरिन् ।

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले कर्जाको किस्ता नतिर्ने भनी लघुवित्त बिरुद्धको संघर्ष समितिको पछी लागेर आफनो कारोबार नबिगारीकन अनुसाशित सदस्यको रुपमा आफुलाई परिचित गराउन सदस्यहरुलाई सुझाब दिए ।

साधाना लघुवित्त वित्तीय संस्थाका संचालक समितीका अध्यक्ष कृष्णबहादुर थापाले वित्तीय संस्थावाट लिएको कर्जाको सहि सदुपयोग गरी उद्यमी बन्न अनुरोध गरे । सो बित्तिय साक्षरता कार्यक्रमको साधना लघुवित्त वित्तीय संस्थाको सहायक महाप्रबन्धकसरिता ढकालले सहजिकरण गरेकी थिईन ।

प्रतिक्रिया दिनुहोस्