
पालुङटारमा बासको हस्तकला उत्पादन तालिम सम्पन्न
गोरखाको पालुनटार नगरपालिका वडा नं. ७ कटहरेपाटामा बाँसको हस्तकला उत्पादन तालिम सम्पन्न भएको छ । माघ २७ गतेबाट सुरु भएको तालिम फागुन ७ गते सम्पन्न भएको हो ।
स्वाँरा सघन गाउँ विकास केन्द्र, गोरखाले जाइगासँगको साझेदारीमा गोरखा जिल्लाको बारपाक सुलीकोट गाउँ पालिका र पालुनटार नगरपालिकामा संचालन गरिएको सहभागिता मुलक ग्रामिण पुर्नलाभ परियोजना अन्तर्गत सामुदायिक उत्थानसील कार्यक्रमबाट बाँसको हस्तकला सामाग्री उत्पादन सम्बन्धी श्रमता विकास तालिम संचालन भएको हो ।
स्थानिय कुमाल समुदायका १६ जना सहभागी भएको तालिममा ७ प्रकारको सामाग्री उत्पादन गर्न सक्षम भएको स्वाँरा सघन गाउँ विकास केन्द्र, गोरखाका कार्यकारी निर्देशक सीता राम श्रेष्ठले बताए । तालिममा वारपाक महिला बहुउदेसीय सहकारी संस्थाको तर्फबाट पनि ३ जना सहभागी भएका थिए ।
तालिम प्रशिक्षण ननक्राफ्ट काठमाण्डौंबाट आएको थियो भने उक्त संस्थाले तालिम प्राप्त गरेका व्यक्तिहरुलाई हस्तकला समूहसँग उत्पादित सामाग्री खरिद गरी बिक्रिवितरण गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । सिप सिकेर तालिम प्रशिक्षार्थीहर सँग ६ वटा आइटम सामाग्री तत्काललाई २०र२० थान माग समेत गरि सकेको छ । स्वाँरा सघन गाउँ विकास केन्द्र, गोरखाका कार्यकारी निर्देशक सीता राम श्रेष्ठले तालिम मात्र दिने नभई उक्त समूलाई व्यवसायिक रुपमा उत्पादन गर्न र बजारी करणमा समेत सहयोग गर्दै जाने जानकारी दिए ।
समुहका सचिव सावित्रि कुमालले कार्यक्रमलाई सहजीकरण गरेका थिए ।
हस्तकला समूहको अध्यक्ष सूर्य बहादुर कुमालको अध्यक्षता तथा पालुङटार नगरपालिकाको तर्फबाट उप्रमुख बन्दणा पाण्डेले आगामी दिनहरुका पनि निरन्तर सहयोग उपलब्ध गराउने बजारीकरणको व्यवस्था गर्ने, परम्परागत सिप भएका समुदायको सिप संरक्षण नयाँ पुस्तामा हस्तानतरणगर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
पालुनटार नगरपालिकाको उपप्रमुख वन्दना पाण्डेको प्रमख आतिथ्यतामा भएको कार्यक्रममा, वडा अध्यक्ष अर्जुन कुमाल, जाइगाका बुद्धिमान श्रेष्ठ, स्वाँरा सघन गाउँ विकास केन्द्र, गोरखाका कार्यकारी निर्देशक सीता राम श्रेष्ठ, वडा सदस्य खोप बहादुर थापा लगाएको उपस्थिति रहेको थियो ।




