
जबरजस्ती करणको आरोपमा गोरखामा एक जना पक्राउ
गोरखामा नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन् ।
अजिरकोट ४ साउनेपानी काँडाझ्याल खरबारीका ३४ वर्षीय विश्वास नेपालीलाई पक्राउ गरिएको एसपी अनुपम श्रेष्ठले बताए ।
१५ वर्षीया नाबालिकालाई गत असोज महिना देखि डर त्रास देखाई पटक पटक जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका नेपाली विरुद्ध जिल्ला प्रहरी कार्यालय गोरखामा मंगबार जबरजस्ती करणी शीर्षकमा मुद्धा दर्ता भएको छ ।
उनलाई अदालतबाट सात दिनको म्याद थप गर्दै घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




