
गोर्खाली सहकारीद्वारा बालमन्दिरका अनाथलाई खाद्यान्न प्रदान
गोरखा नगरपालिका ६ स्थित बालमन्दिर माविको छात्रवासमा बस्ने अनाथ बालबालिकालाई खाद्यान्न सहयोग गरिएको छ ।
गोर्खाली बचत तथा ऋण सहकारी संस्थाको ११ औँ स्थापना दिवसको अवसरमा विद्यालयको अनाथालयमा बस्ने छात्रछात्राहरुका लागि खाद्यान्न सामग्री वितरण गरिएको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष बिदुर बानियाँलगायत सहकारीका पदाधिकारी, सदस्यहरुको तर्फबाट विद्यालयलाई खाद्यान्न सामग्री वितरण गरिएको थियो ।
साथै सोही कार्यक्रममा गोनपा ७ रोहटेपानी स्थायी ठेगाना भै हाल संयुक्त अधिराज्यमा रहेका रमेश थापा र उनको परिवारबाट नगद रु ५० हजार विद्यालयलाई सहयोग गरिएको छ ।
अनाथहरुलाई आवश्यक सामग्री खरिद गर्नका लागि सो रकम प्रदान गरिएको हो ।




