| बुधबार, कार्तिक २५, २०८३

गोरखा लायन्स आँखा सेवा केन्द्र गोरखाको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

गोरखा लायन्स आँखा सेवा केन्द्र गोरखाको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । गोरखा सदरमुकाममा शुक्रबार केन्द्रको दोस्रो सभा सम्पन्न भएको हो ।

कार्यक्रममा सचिव अजित कुमार श्रेष्ठले सचिव प्रतिवेदन र कोषाध्यक्ष श्यामबाबु श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै सोहि कार्यक्रममा वर्ष २०७९÷०८० का लागि विभिन्न प्रस्तावमा छलफल गरी पारित गरिएको केन्द्रले जनाएको छ ।

केन्द्रका अध्यक्ष योङ कुमार श्रेष्ठको अध्यक्षता तथा गोरखा नगरपालिका मेयर कृष्ण राना, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटा, गोरखा लायन्सका ४ वटै क्लवहरु लगायत विभिन्न संघसंस्थाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्