| बुधबार, कार्तिक २५, २०८३

ट्राफिक प्रहरीले आतंक मच्चाएको भन्दै यातायात व्यावसायीद्वारा ध्यानाकर्षण पत्र

गोरखाका यातयात क्षेत्रको सुधार गर्नका लागि यातयात क्षेत्रमा आबद्ध व्यवसायीहरुले विभिन्न १० बुदे मागसहित उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातयात मन्त्री नारायणकाजी श्रेष्ठलाई बुुधबार ज्ञापन पत्र बुझाइएका छन् ।

जिल्लाका यातायात व्यवसायीले प्रदुषण जाँच तथा जरिवानाको त्रास रहेको र ट्राफिक प्रहरीले आतंक मच्चाएको भन्दै गोरखा प्रजिअ दिनेशसागर भुषाल मार्फत उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र पठाएका छन् ।

व्यवसायीहरुले बुझाएको ज्ञापन–पत्रमा प्रदुषण जाँच तथा जरिवानाको त्रास र ट्राफिक प्रहरीको आतंक बन्द हुनु पर्ने माग गरिएको छ । यस्तै ऐन कानुनको कार्यान्वयन, पिक एण्ड ड्रपको व्यवस्था, पूर्वाधार विकास तथा पार्किङ सुविधा, ऐन र नियावलीको संशोधन, यातायात क्षेत्रको सुधार र पुनर्जागरण गर्न राष्ट्रिय यातायात प्राधिकरण गठनको माग गरिएको छ । चीन भारत नाकाको समस्या, सिमापारीको सुरक्षा र सुरक्षित भविष्यको सुनिश्चताको लागि योगदानमा आधारित सामाजिक सुरक्षा, सडक सुशासनको लागि रोड सेफ्टी काउन्सिल निर्माण तथा यातायात र व्यवसायीका दिर्घकालीन समस्या समधान गर्न आयोग गठन लगायतका माग गरिएको छ ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेशका अध्यक्ष विष्णुबहादुर खत्री क्षेत्री, नेपाल यातायात मजदुर संघ गण्डकी प्रदेशका अध्यक्ष किरणबाबु पन्त र अखिल नेपाल यातायात मजदुर संघ गण्डकी प्रदेशका अध्यक्ष सुर्यभक्त पौडेलेको हस्ताक्षर गरिएको पत्र प्रजिअ भुषाललाई बुझाईको हो ।

सो कार्यक्रममा अखिल नेपाल मजदुर संघका अध्यक्ष निर्मल राना, नेपाल यातायात मजदुर संघ गोरखा अध्यक्ष शंकर श्रेष्ठ लगायत यातायात व्यवसायीहरुको उपस्थिति रहेको नेपाल यातायात स्वतन्त्र मजुर संगठनका गण्डकी प्रदेश समिति सचिवालय सदस्य राम सुनारले बताए ।

प्रतिक्रिया दिनुहोस्