
जनयुद्ध दिवस मनाउन फागुन १ गते गण्डकीमा सार्वजनिक विदा
गोरखाको गण्डकी गाउँपालिकाले फागुन १ गते सार्वजनिक विदा दिएको छ ।
गाउँकार्यपालिकाको बुधबार बसेको वैठकले फागुन १ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
गाउँपालिकाले विहिबार सूचना जारी गर्दै जनयुद्ध दिवस मनाउन विदा दिने निर्णय भएको जनाएको छ ।
सो दिन गाउँपालिका, गाउँ कार्यापालिका अन्तरगतका कार्यालय र शैक्षिक संस्थाहरुमा सार्वजनिक विदा हुने गाउँपालिको जारी गरेको सूचनामा उल्लेख छ ।





