| बुधबार, कार्तिक २५, २०८३

भड्किलो जीवनशैली नअपनाउन प्रशासन कार्यालय गोरखाको चेतावनी

जिल्ला प्रशासन कार्यालय गोरखाले भड्किलो जीवनशैली नअपनाउन सबैमा आग्रह गरेको छ । मंगलबार एक सूचना जारी गर्दै कार्यालयले सामाजिक व्यवहार गर्दा सादापन अपनाउन आग्रह गरेको छ ।

समुदायमा भइरहेका बिहे, ब्रतबन्ध, पास्नी, जन्मदिन, छैठीलगायतका कार्यहरु भड्किलो रुपमा नमनाउन प्रशासन कार्यालयले आग्रह गरेको छ ।

‘सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ अनुसार तिलकमा नियन्त्रण, दुलही पक्षले लिन नहुने, दाइजोमा नियन्त्रण, अन्य आर्थिक दायित्व व्यहोर्नमा प्रतिबन्ध, जन्त सम्बन्धी नियन्त्रण, विवाह भोजमा नियन्त्रण, छैठी, न्वारान, जन्मदिवस, पास्नी, चूडाकर्म, व्रतबन्ध, बूढो पास्नीको भोजमा नियन्त्रण, पितृ कार्यको भोजमा नियन्त्रण, दाइजो आदि प्रदर्शन गर्न नहुने, भड्किलो रुपमा घर सजाउन नहुने जस्ता सामाजिक व्यवहार सुधार ल्याउन निर्देशन गरिन्छ’, सो सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्