
जिल्ला बचत तथा ऋण सहकारीको नयाँ कार्यसमिति चयन
गोरखा जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको विषेश साधारण सभाले नयाँ कार्य समिति चयन गरेको छ ।
सप्तकोशी बचत तथा ऋण सहकारीका तीर्थबहादुर नेपालीको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा भिमकुल सहकारीका कुमार श्रेष्ठ, महासचिव हिमचुली सहकारीका सुशील अर्याल, कोषाध्यक्ष गोरखकाली सहकारीका तारा बस्न्यात रहेका छन् ।
मनासलु सहकारीका दिलमान श्रेष्ठ, सिद्धेश्वर सहकारीका बद्री लामिछाने, सितला सहकारीका एक नारायण न्यौपाने, दैनिक उत्थान सहकारीका ओमबहादुर श्रेष्ठ, बालकन्या सहकारीका लक्ष्मी ढकाल सदस्य रहेका छन् ।
बराही सहकारीका भिमबहादुर खत्रीको संयोजकत्वमा लेखा तथा सुपरीवेक्षण समिति गठन भएको छ । समिति सदस्यमा श्रीकृष्ण सहकारीका बिनिता श्रेष्ठ, रानीश्वाँरा सहकारीका बिशाल श्रेष्ठ रहेका छन् ।
२०७३ सालमा गठित गोरखा जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेड निस्क्रिय रहेकाले अधिवेशन आयोजक समिति गठन गरिएको थियो । जिल्ला सहकारी संघ र नेफ्सकुनको सक्रियतामा रामबाबु श्रेष्ठको संयोजकत्वमा आयोजक समिति बनाइएको थियो । आयोजक समितिको आह्वानमा ३४ वटा बचत तथा ऋण सहकारी संस्थाको उपस्थितिमा विषेश साधारण सभा भएको हो ।
गोरखा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष बाबुराम थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष बाबुराम कोईराला, आयोजक समिति संयोजक रामबाबु श्रेष्ठ, सरोज देवकोटा लगायतले धारणा राखेका थिए ।




