| बुधबार, कार्तिक २५, २०८३

आँबुखैरेनीमा बस दुर्घटना, ६ जना घाईते

तनहुँको आँबुखैरेनीमा यात्रुबाहक बस दुर्घटना भएको छ । ना ६ ख ३९६३ नम्बरको बस ऐन पहरा नजिकै दुर्घटना हुँदा ६ जना घाईते भएका हुन्् ।

बेशिसहरबाट नारायणगढ जाँदै गरेको बस सडकको कुनापट्टी भित्तामा ठोक्कीएको हो । बसमा ३२ जना सवार रहेको र अन्यको अवस्था समान्य छ ।

घाईते छ जनाको आँबुखैरेनी स्थित छिम्केश्वरी अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । शनिवार दिउँसो साँढे चार बजे बस दुर्घटनामा परेको हो ।

प्रतिक्रिया दिनुहोस्