| बुधबार, कार्तिक २५, २०८३

गोनपा १२ र १३ मा बेमौसमी तरकारीखेती तालिम सुरु

गोरखा नगरपालिका वडा नम्बर १२ र १३ मा बेमौसमी तरकारी खेती संम्बन्धी तालिम सुरु भएको छ । बारपाक बहुप्राविधिक शिक्षालयको आयोजना र गोरखा नगरपालिकाको समन्वयमा शुक्रवारदेखि उक्त तालिम सुरु भएको हो ।

तालिमको उद्घाटन गर्दै प्रमुख अथिति गोरखा नगरपालिकाका उपप्रमुख मसलीमाया थोकरले बेमैसमी तरकारी उत्पादन संम्बन्धी तालिमले किसानलाई अझै ब्यवशायीक बनाउन मद्धत पुग्ने बताईन । साथै उनले बैमौसमी उत्पादन गर्न सक्ने हो भने त्यस्ता उत्पादनले सहजै बजार पाउने हुँदा किसानलाई नगरपालिकाले प्रोत्साहन गरिरहेको बताईन ।

६५ दिन अर्थात तीन सय ९० घण्टा सम्म तालिम संचालन हुनेछ । तालिममा २०÷२० जना सहभागी रहेका छन् । वडा नम्बर ११ र १२ का एउटा समुह र १३, १४ का अर्को समुह भएर दुई ठाउँमा किसानले तालिम लिईरहेका छन् ।

शुक्रवार उद्घाटन कार्यक्रममा गोनपा १२ का वडा अध्यक्ष डिलबहादुर थापा मगर, १३ का वडा अध्यक्ष मित्रा परियार, कार्यपालिका सदस्य अप्सरा बयलकोटी लगायको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्