| बुधबार, कार्तिक २५, २०८३

डिभिजन वन कार्यालयमा २५ दरवन्दी रिक्त

डिभिजन वन कार्यालय गोरखामा २५ जना कर्मचारी रिक्त छन् । प्रदेश सरकार मातहतको यो कार्यालयमा कर्मचारीको स्वीकृत दरवनदी ५० छ । यी मध्ये रिक्त २५ जना छन् ।

सबैभन्दा धेरै वन रक्षक १८ जना रिक्त छ । छ वटा सव डिभिजन कार्यालय रहेको गोरखामा वन रक्षक राख्न नसकिएको सहायक वन अधिकृत महेश पौडेलले बताए । ‘वन रक्षकको दरवन्दी २५ हो, १८ जना छैनन्, सात जना मात्रै छन्’ उनले भने ‘इलाका वनहरुमा एक जना अधिकृत र एक जना रक्षक मात्रै छन् ।’

वन्यजन्तुको उद्धार, काठ चोरी निकासी नियन्त्रण गर्न जनशक्ति अभावले समस्या भएको उनले बताए । ‘एक जना वन रक्षक एउटा ईलाकामा एक जना अधिकृतसँग हुनुहुन्छ, थप कर्मचारी राख्न सकिएको छैन’ उनले भने । कार्यालयले चार जना सहायक वन रक्षक र कार्यालय सहयोगी, चौकीदार र सवारी चालक करारमा राखेको छ ।

सातौँ तहका सहायक वन अधिकृतको दरवनदी तीनवटा रिक्त छ । चौँथो, पाँचौ र छैठौँ तहमा एक एक जना रिक्त छन् । सशस्त्र वन रक्षकमा पनि एक जना छैनन् ।

प्रतिक्रिया दिनुहोस्