| बुधबार, कार्तिक २५, २०८३

गोरखाका एसपी फेरिए, अनुपम श्रेष्ठ आउँदै

गोरखाका प्रहरी प्रमुख एसपी केदार खनालको सरुवा भएको छ ।

गोरखामा अब प्रहरी प्रमुखको रुपमा एसपी अनुपम श्रेष्ठ आउने भएका छन् ।

उनी नेपाल प्रहरीको प्रधान कार्यालय अपराध अनुसन्धान बिभागबाट गोरखा आउन लागेका हुन् ।

गृहमन्त्रालयले बिहिवार गोरखासहित बिभिन्न ठाउँका एसपी, डिएसपीको सरुवा गरेको हो ।

यहाँ कार्यरत एसपी केदार खनालको प्रदेश कार्यालय पोखरा सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस्