
तेह्र किलोमा देवबहादुर र फुलमाया बसेलको शालिक अनावरण तथा स्मृति पार्क उद्घाटन
गोरखा नगरपालिका–११ तेह्रोकिलो स्थित रानाडिही स्वर्गीय देवबहादुर बसेल तथा स्वर्गीय फूलमाया बसेको शालिक अनावरण गरिएको छ ।
गोरखा नगरपालिकाका नगरप्रमुख कृष्ण बहादुर रानामगरले विहिबार शालिकको अनावरण गरेको हुन् । सोही कार्यक्रममा स्मृति पार्क पनि उद्घाटन गरिएको छ ।
सोही अवसरमा देवबहादुर र फूलमायाका हितैषी मित्र तथा सहपाठी पाँच जनालाई दोसल्ला ओडाई सम्मान गरिएको उनका नाती यम बसेलले जानकारी दिए ।
उनका अनुसार आफ्नो पुस्ताको सम्झनामा निजी जग्गामा व्यक्तिगत रुपमा शालिक र स्मृति पार्क बनाएको हो ।
जेठो छोरा सन्तबहादुर बसेलको अध्यक्षतामा तथा गोनपाको मेयर रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नं ११ का वडा अध्यक्ष रामबहादुर खड्का लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।




