| बुधबार, कार्तिक २५, २०८३

गण्डकी गाउँपालिकाको उत्कृष्ट लोगो बनाउनेलाई ३० हजार पुरस्कारको घोषणा

जिल्लाको गण्डकी गाउँपालिकाले आफ्नो पहिचान झल्कने लोगो (प्रतिक) चिन्ह प्रयोगमा ल्याउने भएको छ । गाउँपालिकाले सूचना जारी गर्दै उत्कृष्ट लोगो बनाउने व्यक्ति वा संस्थालाई ३० हजार पुरस्कारको व्यवस्था समेत गरेको छ ।

गाउँपालिकाको गत ५ गते बसेको कार्यपालिकाको बैठकको निर्णय अनुसार लोगो निर्माणका लागि सार्वजनिक सूचना जारी गरेको हो । पछिल्लो समय स्थानीय तहहरुले आफ्नै लोगो प्रयोग गर्ने गरेका छन् ।

कार्यालय प्रयोजनको लागि प्रयोग गरिने कागजातहरुमा एकातर्फ नेपाल सरकार र अर्काेतर्फ स्थानीय तहको लोगो प्रयोग गर्न पाउने व्यवस्था छ ।

गाउँपालिकाले जारी गरेको सूचनामा इच्छुक व्यक्ति वा संस्थाले लोगोको डिजाइन माघ २५ गते भित्र पठाइसक्न भनिएको छ । लागोमा समावेश गरिनुपर्ने विषय र शर्तहरु पालिकाले प्रकाशन गरेको सूचनामा स्पष्ट बताएको छ ।

प्रतिक्रिया दिनुहोस्