
नेपाली काँग्रेस गोरखाका पूर्व सभापति लामिछानेको श्रद्धान्जली सभा
नेपाली काँग्रेस जिल्ला कार्य समिति गोरखाका पूर्व सभापति बुद्धिप्रसाद लामिछानेको श्रद्धान्जली सभा सम्पन्न भएको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति गोरखाको आयोजनामा सदरमुकामस्थित पार्टी कार्यालयमा स्वर्गीय लामिछानेको तस्वीरमा पूmलमाला अर्पण गर्दै श्रद्धान्जली सभा गरिएको हो ।
१३ औँ पूण्य तिथि बुधबार नेपाली काँग्रेस गोरखाका सभापति तथा प्रदेशसभा सदस्य नन्दप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो । सभामा सभापति न्यौपाने लगायतका नेताहरुले पूmलमाया चढाएर श्रद्धान्जली अर्पण गरिएको थियो । वि.स. २०१७ साल वैशाख १ गते जन्मिएका उनको गत पुस २९ गते अमेरिकामा निधन भएको थियो । उनी नेपाल विद्यार्थी संघका पूर्व जिल्ला अध्यक्ष, नेपाली कांग्रेस गोरखाका पूर्व जिल्ला सभापति थिए ।
कार्यक्रममा नेपाली काग्रेसका सभापति तथा गण्डकी प्रदेशका सांसद नन्दप्रसाद न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेश समिति सदस्य बिना श्रेष्ठ, क्षेत्रीय सभापति नारायण लामिछाने, गोविन्द गुरुङ, पूर्व कोषाध्यक्ष भुगोल थापा, सहिदलखन गाउँपालिकाका पार्टी सभापति काशीनाथ अम्गाई, मृतकका दाजु श्यामप्रसाद लामिछानेले उनको योगदानको बारेमा चर्चा गरेका थिए ।




