| बुधबार, कार्तिक २५, २०८३

लघुवित्त ज्यादती : गरिब विपन्न वर्ग ब्याजको मारमा, सरकारले ऋण मिनाहा गरिदिनुपर्ने पिडितको माग

केशव गुरुङ :

गोरखा नगरपालिका वडा नं १३ देउरालीका कल्पना रोका विगत तीन महिनादेखि आपूmले लिएको ऋण तिर्न सकेको छैन । लघुवित्तमा १५ वर्षदेखि नै आर्थिक कारोबार गर्दै आएका उनी अहिले दुई तीन महिना ऋण तिर्न नसक्दा लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरु घरमै आएर पटक पटक धम्क्याउने, धर्काउने गरेका छन् ।

‘यतिका वर्ष भयो कारोबार गरेको एक रुपैया पनि तलमाथि गरेको थिएन, सबै व्याज सहित किस्ता तिरी नै राखेका थियौ तर अहिले एक दुई महिना भयो ऋण तिर्न नसकेको, लघुवित्तका कर्मचारीहरु पटक पटक घरमै आएर थर्काउने, धम्क्याउन आउछ’, उनले भनिन् । एक महिनामा दश हजार बुझाउनुपर्ने ऋण बरु समय लम्ब्याएर मासिक पाँच–पाँच हजार गरेर तिर्छु भन्दा पनि कर्मचारीहरु नमान्ने गरेको उल्टै प्रहरीलाई भनेर समात्न लगाउछु, कालोसूचीमा राखेर तीन पुस्तासम्म कुनै काम गर्न नमिल्ने बनाइदिन्छु भन्दै पटक पटक धम्क्याउने गरेको उनले बताइन् ।

घर आएर कराउने, बेइजत गर्ने गरेको उनले बताइन् । छिमेकीहरु कसैलाई त लघुवित्तको कार्यालयमै लगेर एक÷दुई घण्टा थुनेर राख्ने गरेको उनको आरोप छ ।
‘लघुवित्त संस्थाहरुले तीन लाखको ऋण लिँदा सुरुमा ४५ हजार विमा, सेवा शुल्क लगायत विभिन्न नाममा काटिदिन्छ, हामीले जम्मा २ लाख ५५ हजार मात्र पाउछ, तर व्याज भने तीन लाख नै तिर्नु परेको छ,’ उनले भनिन् । आफैले नलिएको पैसाको पनि व्याज तिर्नुपर्दा हैरान भएको उनको भनाइ छ ।

लघुवित्त वित्तीय संस्थाहरुले सुरुमा १५ प्रतिशत व्याज भनेर ऋण दिने गरेपनि पछि २६ प्रतिशत हिसावमा ब्याज असुल गर्ने गरेको गोरखा नगरपालिका ६ का सागर अन्सारीले बताए । ‘अहिलेसम्म सक्नेले तिरी नै राखेको छ, नसक्नेहरुले तिरेको छैन,’ उनले भने, ‘ऋण खाएपछि तिर्नुपर्छ तर लघुवित्त संस्थाहरुले बढि नै ज्यादती गरेको छ । एक दुई दिन ढिलो भयो कि मिटर व्याजमा ल्याएर भए पनि जसरी भए नि तिर्नु भनेर थर्काउछ ।’

ऋण तिर्नु नआएकाहरुको घरमै गएर बाख्रा, सुँगुर, बंगुर लगिदिने, घरमा आएर ताल्चा लगाइदिने गरेको उनले बताए । देशमा आर्थिक मन्दी रहेकाले धेरैले ऋण र व्याज तिर्नु नसकेको बताउदै अहिले धेरै जना डिप्रेसनमा गएको उनले बताए । आफुहरुको माग सरकारले ऋण मिनाहा गरिदिनु पर्ने उनले बताए ।

यही माग राखेर गोरखा सदरमुकामको हरमटारी रंगशालाबाट हरमटारी, बसपार्क, हस्पिटलचोक हुदै तमु छोँज धि हलसम्म ¥याली आयोजना गरिएको थियो ।

जिल्लाभरिबाट आएका चारसय भन्दा बढि लघुवित्त पिडितहरु सामुहिक रुपमा लघुवित्त संस्थाहरुको ज्यादतीको विरुद्ध ¥यालीमा सहभागी थिए ।

तमु हलमा भएको कार्यक्रममा संघर्ष समिति गण्डकी प्रदेशका संयोजक नरबन्द शाहले लघुवित्तहरुले गरिब, निम्त वर्गका मानिसहरुलाई भेला गराई सामुहिक ऋण दिएर तथा विभिन्न प्रलोभनमा पारेर फँसाइएको बताइन् ।

लघुवित्तहरुले सेवासुविधा केहि नदिने उल्टै धेरै प्रतिशत व्याजमा ऋणमाथि व्याज थमाइदिने गरेकाले आफुले लघुवित्त विरुद्ध आन्दोलन गर्न बाध्य भएको संघर्ष समिति गोरखाका अध्यक्ष सुशीला गुरुङले बताए । अहिले समितिमा ३ सय भन्दा बढी सदस्य रहेको बताउदै लघुवित्तको खारेज र गरिब विपन्न वर्गको ऋण मिनाह गर्न आन्दोलन निरन्तर जारी रहने उनले बताइन् ।

संघर्ष समितिका केन्द्रीय सदस्य तथा समितिका वाग्मती प्रदेशका सचिव क्षेत्र बहादुर मुत्तानले निरन्तर किस्ता तिरिनै रहेको तर केही समस्या भएको बेला एकदुई महिना नतिर्दा छिमेकी सबैका अगाडि बेइज्जत गर्ने गरेको बताए । अहिले गरिब विपन्न वर्गमा मानिसहरु १५, २० लाखको ऋण तिर्न नसकेर डिप्रेसनमा पुगेको उनले बताए ।

कार्यक्रममा संघर्ष समितिका केन्द्रका अध्यक्ष मणिराम ज्ञवालीले लघुवित्त संस्थाहरुले जनतालाई वित्तिय शिक्षा नदिई संस्थाले मुनाफा कमाउने हिसाबले गरिब, विपन्न वर्गलाई जथाभावी पैसा बाँड्ने गरेकोले यो समस्या आएको बताए । सरकार तथा राष्ट्र वैङ्गले लघुवित्त संस्थाहरुको राम्रोसँग अनुगमन नगर्ने र लघुवित्त संस्थाहरुसहित तरिकाले परिचालन नभएका कारण जनता मारमा परेको उनले बताए ।

उनका अनुसार ५८ लाख सदस्य लघु वित्तमा आबद्ध छन् । तीमध्ये धेरै ऋण तिर्न असफल भएको केही व्यक्ति आत्माहत्या गर्न विवश छन् भने केही विस्थापित र सुकुम्बासी हुदै गएको उनले बताए । लघुवित्त संस्थाहरुले प्रवाह गरेको धेरै ऋण अनुउत्पादक क्षेत्रमा लगानी भएको उनको भनाइ छ ।

अहिले लघुवित्त पिडितहरु घरखेत बेचेर, विदेशबाट श्रीमानले कमाएको पैसा र आफुले कमाएको पैसाले पनि ऋण तिर्न नसक्ने अवस्थामा पुगेको केन्द्रीय अध्यक्ष ज्ञवालीले बताए । देशैभर यो समस्या रहेको र समस्या समाधानका लागि अहिले देशभरि नै लघुवित्त खारेजीविरुद्ध आन्दोलन सुरु भएको बताउदै आपूmहरुको आन्दोलन निश्कर्षमा पु¥याउनेसमेत उनले बताए ।

लघुवित्त संस्था विरुद्ध संघर्ष समिति नेपाल गोरखाको अध्यक्ष सुशीला गुरुङको अध्यक्षता तथा केन्द्रका अध्यक्ष मणिराम ज्ञवाली, समितिका केन्द्रीय सदस्य रुपेश तामाङ, जीतबहादुर राई, गीता गुरुङ, समितिका वाग्मती प्रदेशका अध्यक्ष विष्णु माया बुढा, सचिव क्षेत्रबहादुर मोक्तान, उपाध्यक्ष धनकुमारी विक लगायत लघुवित्त संस्थाबाट पिडितहरुले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्