| बुधबार, कार्तिक २५, २०८३

गोरखाका विक्रम घिमिरे अमेरिकाको नर्थ क्यारोलिनाका लागि पर्यटन सद्भावना दूत

गोरखाका विक्रम घिमिरेलाई नेपाल सरकारले अमेरिकाको क्यारोलिनाका लागि पर्यटन सद्भावना दूत नियुक्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले घिमिरेलाई पर्यटन सद्भावना दूतमा नियुक्त गरेको हो ।

पर्यटन प्रवद्र्धनमा सक्रिय रहेका घिमिरेलाई यही पुस ८ गते बसेको मन्त्रीस्तरीय निर्णयबाट नर्थ क्यारोलिनाको पर्यटन सद्भावना दूतमा नियुक्ति गरिएको हो ।

चार वर्षे कार्यकालका लागि घिमिरे नियुक्त भएका हुन् । पर्यटन मन्त्रालयले सद्भावना दूत निर्देशिका २०७८ अनुसार पर्यटन गतिविधिमा संलग्न व्यक्तिलाई नियुक्ति दिने गर्छ । घिमिरेले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मन्त्रालयले अपेक्षा गरेको छ ।

नवनियुक्त पर्यटन दूत घिमिरेले अमेरिकाका लागि नेपालको अवैतनिक पर्यटन दूतको पदमा नियुक्त भएकोमा नेपाल सरकारप्रति आभार प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्