
हेड्स नेपाल गोरखा शाखाको नवौ वार्षिक साधारण सभा सम्पन्न
हेड्स नेपाल गोरखा शाखाको नवौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । गोरखा सदरमुकामको हिमचुली बचत तथा ऋण सहकारी संस्थाको भबनमा शनिबार संस्थाको नवौ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०७८÷०७८ को प्रगतिवेदन संस्थाका सचिव ओम बहादुर श्रेष्ठ, कोषाध्यक्ष दिलिप कोइरालाले कोषाध्यक्ष प्रतिवेदनले प्रस्तुत गरेका थिए । संस्थाले यो वर्ष १२ लाख ११ हजारको वार्षिक आयव्यको विवरण प्रस्तुत गरेको छ । संस्थाले स्वास्थ्य, शिक्षा, कृषि र विपदमा सहयोग गर्दै आएको छ ।
हेड्स नेपाल गोरखा शाखाका अध्यक्ष सहदेवप्रसाद श्रेष्ठको अध्यक्षता संस्थाका केन्द्रिय सदस्य इश्वर चन्द्र बानियाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रिय समितिको कोषाध्यक्ष दिलिप देवकोटा, संस्थाका आजिवन सदस्य विनोद अर्याल, सल्लाहाकार पुरुषोत्तम अर्याल, राममाया श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।




