| बुधबार, कार्तिक २५, २०८३

गोरखा सौन्दर्यकर्मी तथा कस्मेटिक व्यवसायी संघको अध्यक्षमा पुन : घले

गोरखा चेम्बर अफ कमर्सको सौन्दर्यकर्मी तथा कस्मेटिक व्यवसायी संघको अध्यक्षमा सुस्मीता घले चयन भएकी छन् । शुक्रबार भएको संघको दोस्रो वार्षिक साधारण सभा तथा पहिलो अधिवेशनले घलेलाई पुन अध्यक्षमा चयन गरेको हो ।

अधिवेशनल घलेको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा चन्दा गुरुङ, सचिवमा सुनिता घलान, कोषाध्यक्षमा सरिता आले र सहसचिवमा अन्जना लामा रहेका छन् ।

समितिको सदस्यहरुमा आशा कुमारी गुरुङ, नुरसा खातुन, सिता गुरुङ, मना काराखेती, शोन्सीका गुरुङ, सपना बोगटी, गोमा भट्टराई र सविना घले चयन भएको समितिका सचिव सुनिता घलानले जानकारी दिइन् ।

तीन वर्षे कार्यकालका लागि नयाँ कार्य समिति गठन भएको बताउदै संघले गोरखाको व्युटीसियन क्षेत्रकाम काम गर्दे आएको जनाएको छ ।

सुस्मिता घले अध्यक्षता तथा गोरखा चेम्बर अफ कमर्सका अध्यक्ष भाइचन्द् श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष रामस्वरुप श्रेष्ठ, महासचिव विष्णु रानामगर, सचिव अशोकबाबु राना, उपाध्यक्ष शिशु प्रधान लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्