
गोरखामा २५ औँ राष्ट्रिय भुकम्प सुरक्षा दिबस मनाईयो
गोरखामा बुधवार २५ औँ राष्ट्रिय भुकम्प सुरक्षा दिबस मनाइएको छ । गोरखा नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा सरकारी कार्यालयका प्रमुखहरु, नागरिक समाज, संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा पूर्वाधार बिकास कार्यालय गोरखाका प्रमुख ओमराज ढुङगानाले सुरक्षित आबास निर्माण संम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । शसस्त्र प्रहरी बल गुल्म गोरखाले विपद्का बेला कसरी उद्धार गर्ने वा कसरी जोगिने भन्ने बारे प्रयोगात्मक सहितको जानकारी गराएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बिपद्का विषयमा जानकारी गराएका थिए ।
गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा मगरको प्रमुख आथित्यता रहेको थियो । उक्त कार्यक्रमको सहजिकरण गोरखा नगरपालिकाका बतावरण अधिकृत धु्रब घिमिरेले गरेका थिए ।
भुकम्प सुरक्षा दिबस माघ २ गते मनाईँदै आइएको थियो । उक्त दिन सरकारले राष्ट्रिय शोक घोषणा गरेकाले त्यो दिनको कार्यक्रम बुधवार भएको हो ।




