
जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा महालक्ष्मीकी अमिना खातुन पहिलो
जिल्ला स्तरीय वतृत्वकलामा गोरखा नगरपालिका २ ताप्लेकी अमिना खातुन पहिलो बनेकी छिन् ।
पुस २७ गतेदेखी सदरमुकाममा सञ्चालन भईरहेको ११ औ गोरखा महोत्सवका अवसरमा भएको जिल्ला स्तरिय वतृत्वकला प्रतियोगितामा खातुन पहिलो बनेकी हुन् ।
कक्षा १२ मा अध्ययनरत खातुनले प्रतियोगितामा सहभागी अन्य १२ विधालयलाई पछि पार्दै प्रथम स्थान हासिल गरेको आयोजक गोरखा उधोग बाणिज्य संघले जनाएको छ । गोरखामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
उधोग बाणिज्य सघं गोरखाको आयोजनामा सदरमुकाममा भइरहेको गोरखा महोत्सव एवं प्रदेश स्तरीय कृषि पर्यटन तथा व्यापार मेला स्थल खेलकुदमैदानमा सोमवार जिल्ला भित्रको माध्यामिक विधालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको हो ।
आर्थिक बिकासको आधार कृषि पर्यटन उधोग ब्यापारझ विषयक प्रतियोगितामा द वल्ड क्यापिटल बोडिङ रानिबनकी प्रजिता बानिया द्धितीय र महेन्द्र मा बि कुन्दुरको मन्दिप लामा तृतीय भएको सघंका सदस्य शरण श्रेष्ठले बताए । प्रतियोगितामा प्रथम हुने खातुनले नगद सात हजारसहित प्रमाण पत्र प्राप्त गरेको सघंका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले जानकारी दिए ।
त्यस्तै प्रतियोगितामा दोस्रो र तेस्रो हुनेलाई क्रमश पाँच हजार र तिन हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको बताईएको छ । सघंका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको प्रतियोगितामा गोरखा नगरपालिकाका उप प्रमुख मसली माया थोकर ९सपना पुन०, गोरखा नगरपालिका ६ का वडा अध्यक्ष राजेन्द्रकुमार जोशी लगायतको सहभागिता रहेको थियो ।




