| बुधबार, कार्तिक २५, २०८३

नेपाल मगर संघ जिल्ला समन्वय समितिको अध्यक्षमा अशोक रानामगर

नेपाल मगर संघ जिल्ला समन्वय समिति गोरखाको अध्यक्षमा अशोक रानामगर चयन भएका छन् । गोरखामा आइतबार र सोमबार भएको संघको १३ औँ जिल्ला अधिवेशनले रानामगरको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा नानुमाया थापामगर, सचिव भरत आले मगर, सहसचिवमा कोकिल पुलामी मगर र कोषाध्यक्षमा शंकर थापा मगर चयन भएका छन् ।

समितिको सदस्यहरुमा सुजन क्यापछाकी मगर, भरत राना मगर, लिला बहादुर थापा मगर, टिका आलेमगर, विरेन्द्र थापामगर, गणेश बहादुर राना मगर, राधिका राना मगर, डील बहादुर आले मगर, एक बहादुर थापामगर, मन बहादुर मगर, टंकशारु मगर चयन भएका छन् ।

निर्वाचित पदाधिकारी सबैलाई सोमबार नै सपथ लिएको संघले जनाएको छ । नेपाल मगरसंघको विद्यानका अनुसार तीन वर्षे कार्यकालका लागि नयाँ कार्य समिति चयन गरिएको हो । विद्यान अनुसार समितिमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने भएकाले बाँकी पदमा जिल्लाका पालिकाहरुबाट महिला प्रतिनिधि छनौट गरिने समितिका पुर्व अध्यक्ष विष्णु रानामगरले जानकारी दिए ।

कार्यक्रम यसअघिका सचिव हाल वर्तमान अध्यक्ष अशोक रानामगरले समग्र जिल्लाको मगरसंघको बारेमा जानकारी गराएका थिए भने कोषाध्यक्ष शकर थापामगरले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

अधिवेशनमा संघले आगामी दिनमा नयाँ कार्यदिशा लिएर जाने र मगर समुदायको पहिचानलाई नमेटिने गरी आफनो भाषा, संस्कृतिको संरक्षण गर्दै जिल्लाका मगर समुदायको बाहुल्यता रहेका स्थानका विद्यालयमा मगरभाषा अर्थात मातृभाषामा पठनपाठनका लागि तयारी थाल्ने निर्णय भएको उनले जानकारी दिए ।

साथै मगर जातीको परम्परागत संस्कृतिको संरक्षण र पुस्तान्तरणमा पनि जोड दिदै जाने वैठकले निर्णय भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्