| बुधबार, कार्तिक २५, २०८३

लायन्स क्लव देउराली दियालोद्धारा मानवसेवा आश्रम गोरखामा खाद्यान्न सहयोग

लायन्स क्लव अफ देउराली दियालो काठमाण्डौँले मानव सेवा आश्रम गोरखालाई खाद्यान्न सहयोग गरेको छ । क्लवका संस्थापक अध्यक्ष खोमराज खराल (रमेश) सहित ९ जनाको समुहले शुक्रवार आश्रममा पुगेर चामल, तेल लगायतका खाद्यान्न सहयोग गरेका हुन् ।

गोरखा क्षेत्र नम्बर २ प्रदेश सभा ख का सांसद एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेको अनुरोधमा मानव सेवा आश्रम गोरखामा खाद्यान्न सहयोग गरिएको उनले बताए ।
२०१९/२० मा स्थापना भएको यस क्लवले फागुन महिनामा पर्वतमा मेघा हेल्थ क्याम्प गर्ने योजना बनाएको छ । हरेक वर्ष क्लवले सामाजिक उत्तरदायित्व र सामाजसेवाको काम अन्तरगत बिभिन्न कार्यक्रम गर्दै आएकाले संस्थापक अध्यक्ष खरालले बताए ।

खाद्यान्न सहयोग कार्यक्रममा क्लब भाईस प्रेसिडेन्ट हेम प्रसाद घिमिरेले स्वर्गिय पिताको सम्झनामा विषेश सहयोग गरेका क्लवले जनाएको छ । एक महिनाकालागि आश्रमलाई खाद्यान्न सहयोग गरिएको उनले बताए । मानव सेवा आश्रम गोरखामा अहिले ४० जना बालवालिका बस्दै आएका छन् ।

आश्रमले बिभिन्न संघ संस्था र ब्यक्तिबाट जुटेको सहयोगले बालवालिकाको खानेबस्ने ब्यवस्थापन गर्दै आएको आश्रमकी मुना लामाले बताईन ।

प्रतिक्रिया दिनुहोस्