| बुधबार, कार्तिक २५, २०८३

गोरखा जेसिजको पदस्थापन सम्पन्न

गोरखा जेसिजको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । गोरखा सदरमुकाममा बुधबार पदस्थापन कार्यक्रम सम्पन्न भएको हो । गोरखा जेसिज वर्ष २०२२ का अध्यक्ष शैलेन्द्र भट्टले वर्ष २०२३ का अध्यक्ष पुष्कर गुरुङलाई अध्यक्ष पद हस्तान्तरण गरेका थिए ।

जेसिज गोरखाको कार्यकारीणी उपाध्यक्षमा सुजित श्रेष्ठ, प्रमोद जंग कुँवर, कानुनी सल्लाकारमा सुमन गुरुङ, महासचिवमा संगमबाबु श्रेष्ठ, कोषाध्यक्षमा काजीराम दानी निर्वाचित भएका छन् । समितिको उपाध्यक्षमा जिवन थापा, तारा बहादुर खड्का, भुवन खड्का, विष्णु थापा र सहसचिवमा सोम श्रेष्ठ निर्वाचित भएका छन् ।

बोर्ड सल्लाहाकारमा अश्विन ढुंगाना, अध्यक्ष सल्लाकारमा निरज कट्टेल, सुमन कार्की चयन भएका छन् ।
सहकोषाध्यक्षमा विमल रम्तेल, क्षेत्र ख निर्देशकमा शिवहरी तिमल्सीना, लोम निर्देशकमा बुद्धी जोगी, जनसम्पर्क निर्देशकमा कल्याण बानियाँ, तालिम संयोजकमा रचन परियार, सञ्चार निर्देशकमा रुवेन्द्र कुँवर, आर्थिक संयोजकमा सन्दीप ढकाल, पर्यटन प्रर्वद्धन संयोजकमा सविन भट्ट चयन भएका छन् ।

सदस्य बृद्धि निर्देशकमा राजेश श्रेष्ठ, स्वास्थ्य संयोजकमा कृष्ण श्रेष्ठ, सचिवालय निर्देशकमा रविन श्रेष्ठ, थिम निर्देशकमा दिपक बस्नेत, खेलकुद संयोजकमा विपिन्न पोख्रेल, अन्तर क्लव संयोजकमा अविन श्रेष्ठ चयन भएको गोरखा जेसिजले जनाएको छ ।

गण्डकी प्रदेशका सांसद नन्द प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सिरानचोक गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङ, आरुघाट गाउँपालिका अध्यक्ष राजु गुरुङ, गोरखा नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकर, गोरखा जेसिजका मानार्थ सदस्य एवं निवर्तमान गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्त, गोरखा जेसिज संस्थापक अध्यक्ष शरदबाबु मास्के, नेपाल जेसिज कार्यकारीणी उपाध्यक्ष रजनि थापा, गोरखा जेसिजका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्