
खाद्य व्यवस्था तथा व्यापार कम्पनीद्वारा सदरमुकामको गोदामबाट चालम विक्री गर्दै
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले स्टिम जिरा मसिनो नामको चामल विक्री वितरण सुरु गरेको छ । स्थानीयहरुले अत्यन्तै माग गरेको उक्त चामल कार्यालय आइपुगेसँगै आजदेखि विक्री वितरण गर्न थालेको कार्यालयले जनाएको छ ।
उक्त चामल शाखा गोरखामा प्रति किलो ७० अर्थात २५ किलोको बोराको एक हजार सातसय पचास रुपैयामा खरिद गर्न सकिनेछ । सोना मंसुली चामलको भाउ प्रतिकिलो ५२ अर्थात ३० किलोको बोराको एक हजार पाँच सय साठी रुपैयामा खरिद गर्न सकिने कार्यालयका सूचना अधिकारी शिव सुनारले बताए ।
त्यस्तै, कम्पनीले यसवर्ष शाखा गोरखाबाट डिपो सिर्दिबास २५२ क्विन्टल चलान गरेको छ । कम्पनीले डिपो माछाखोलामा हालसम्म चामल पठाएको छैन ।
स्टिमजिरा मसिनो चामलको माग बढि भएको र सोना मन्सुली बिक्रि हुन नसकेको कारण माछाखोलामा चलान गर्न ढिला भएको कम्पनीको निमित्त शाखा प्रमुख मुनिलाल कुश्वाहाले बताए । यसवर्ष माछाखोलामा ५०० क्विन्टल कोटा छ ।
सिर्दिबास डिपोबाट दुईहजार क्वीण्टल र विमलनगरबाट पन्द्रसय गरी पैतीससय क्वीण्टल कोटा छुट्याईएकोमा विमलनगरबाट छसय साठी क्विन्टल खाद्यान्न ढुवानी भईसकेको छ । सिर्दिबास डिपोमा हाल ४५० क्विन्टल खाद्यान्न मौज्दात रहेको छ ।
सिर्दिबासमा हाल सोना मंसुली चामल प्रतिकिलो रु ५४ मा विक्रि भईरहेको कार्यालयले जनाएको छ । शाखामा प्राप्त स्टिम जिरा मसिनो चामल पनि तत्काल डिपोमा समेत चलान हुने र स्टिम चामलको डिपो सिर्दिबासमा प्रतिकिलो रु ७२, डिपो माछाखोलामा प्रतिकिलो रु ७० पर्ने शाखा गोरखाका सुचना अधिकारी शिव सुनारले जानकारी दिए ।




