| बुधबार, कार्तिक २५, २०८३

इतिहासमा जितेको र वर्तमानमा हारेको गोर्खा

रामबावु जोशी

सारा सारा राज्य जित्यो रे,
भन्ने सम्म सुन्यो गोरखाले !
वीरताको साँचो लडाई लडेर,
बलिया नुवाकोट, किर्तिपुर, उत्पत्यका जितेरे !

सारा सारा जिते रे ख्वामित, महाराज
फर्केर आउदै गर्दा, गोर्खा दरबारतिर ।
कतै ठुलै विमारमा पर्नु भयो कि ?
कतै बाटोमै सत्रूको
निसानिमा पर्नु भयो कि ?

विजयको लागि विदाई गरेदेखि,
उहिल्यैदेखि हराएको एउटा नायकको,
खोजीमा व्यग्र प्रतिक्षामा छ गोर्खा !

गुरु गोरखनाथको असिम कृपा र आर्शिर्वादले गर्दा नै बाइसे चौविसे राज्य अन्तर्गत कमजोर राज्य भएर पनि गोर्खा राज्य विस्तार गर्दै विशाल नेपाल निर्माण सम्भव भयो । तिनै नायक गोर्खाली सपूत, राष्ट्रनिर्माता वडामहाराजधिराज, राष्ट्रिय एकताका प्रतिक श्री ५ पृथ्वी नारायण शाहप्रति ३०१ औँ जन्मजयन्ति एवं राष्ट्रिय एकता दिवशको सु–अवसरमा श्रदा सुमन अर्पण गर्दछु ।

विश्व इतिहासमा राष्ट्र निर्माणको व्रmममा गोर्खा राज्यले भोग्नु परेको दुखद पिडा सायद कमै राष्ट्रले भोगेको हुनु पर्दछ । गोर्खा राज्य विस्तार गर्दै विशाल देश निर्माण गर्ने अभियानमा निस्केको एउटा राजा नायक आफ्नो दरबारमा नफर्किनुले गोर्खा र गोर्खालीले इतिहासमा जितको पगरी गुथे पनि वर्तमानमा सधै हारेको यथार्थता पनि भुल्न हुदैन ।

गुरु गोरखनाथको योगदान :

परापूर्वकालमा काठमाडांै उपत्यकाअन्तर्गत कान्तिपुरी नगरीमा भिक्षा माग्दै गर्दा गुरु गोरखनाथलाई त्यहाँका जनताहरुले हेलचेक्र्याइँ, अपमान गरेको सहन नसकी त्यस्को बदलामा १२ वर्षसम्म पानी पार्नबाट रोकेर खडेरी उत्पन्न गराएका थिए । सारा राज्य जनतामा कोलाहाल हुन थालेपछि गोरखनाथका गुरु मच्छिन्द्रनाथले गोरखनाथले सारा शेषनाँगहरुलाई आफुले खिचेर पानी पर्नबाट रोकेको थाहा पाएछन् ।

तत्काल गोरखनाथलाई त्यसो नगर्न भनेपछि गुरुको कुरा मानेर नांगलाई आफ्नो वशवाट छोडेपछि पानी परेको थियो भन्ने किंवदन्ती छ । तर त्यतिले पनि योगी गुरुगोरखनाथको रिस शान्त नभएर गोरखामा आएर ध्यान गर्नु भएको मानिन्छ ।

गोरखनाथको नामबाट नै गोरखाको नामकरण पनि हुन गयो । त्यसैले योगीको मन दुखाउन हुन्न र जोगीलाई भिक्षा माग्न आउदा नमिठो वचन लगाउन हुन्न भन्ने छ । गोरखा आएर बाबा गोरखनाथले शाहवंशीय राज्यको स्थापना गर्न ठूलो भूमिका निर्वाह गर्नुभयो । आफ्नो कुटी धाममा नै गोरखकाली मन्दिर स्थापना गर्नु भयो ।

काठमाडांै राज्यलाई जित्न सक्ने शाहवंशीय पराव्रmमी राजाहरुको उद्गम स्थल गोर्खा राज्य निर्माण गर्नु भयो । तिनै योगी गोरखनाथ बाबाले आफ्नो शक्ति पृथ्वी नारायण शाहलाई दिनु भए र नै यति सानो कमजोर राज्यले सम्पन्न अति बलिया राज्यहरु नुवाकोट, किर्तिपुर, लिच्छिवीकालिन तिनै उपत्यकाका राज्यहरुलाई जितेर नेपाल एकीकरण गर्न सम्भव गराउनु भयो ।

गोर्खा राज्य :

–मतवाली खड्का राजाहरुको अत्याचार सहन नसकेर जनता र भारदरहरु एउटा असल, सक्षम, दुरदर्शी र पराव्रmमी राजाको खोजीमा थिए । राजाको जेठो छोरा मात्र भावी राजा हुने प्रचलन थियो । लम्जुङ्गका राजा यशोव्रह्मा शाहका कान्छो छोरा द्रब्य शाह पराव्रmमी साहसिक र राजामा हुनु पर्ने सबै गुणसम्पन्न भएकोले भारदारहरुबाट उनलाई राजाको प्रस्ताव गरियो ।

वि.स १६१५ मा लिगलिगकोटको दौड जितेर राजा भएका द्रब्य शाहद्वारा गोर्खा राज्य आव्रmमण गरी वि.सं. १६१६ मा गोर्खाका राजा भए र ऐतिहासिक पस्लाङ्ग चौतारामा राज्याभिषेक गराइयो । यसरी शाहवंशीय राज्यको शुरुवात भएको मानिन्छ र नेपाल एकीकरणको शुरुवात यिनै द्रब्यशाहबाट भएको मानिन्छ ।

लिगलिगकोट, वारपाक लगाएतका आसपासका राज्यलाई गोर्खामा विलय गराएका थिए । यिनै द्रब्य शाहका नाती, राजाराम शाह १६६३ मा गोर्खाका राजा भए । राजा रामशाहले राज्यमा ढक तराजु, मानापाथी, मुरी दाम, पैसाको चलन ल्याए । नगदमा १० प्रतिशत र जिन्सीमा २५ प्रतिशत भन्दा बढि व्याज लिन नपाउने कानुन बनाए । धारापानी, पधेरो, कुँवा, कुलोमा पालोको नियम गराए । राम शाहको न्याय दिने शैलीको सुनाम सारा देश विदेश फैलियो । “न्याय नपाए गोर्खा जानु” भन्ने उक्ति फैलियो ।

उनको प्रताप, प्रजाप्रतिको न्याय, हितकारी कार्यबाट प्रभावित भएर छिमेकी राज्यहरु गोर्खामा मिल्न गएका थिए । राजा राम शाहको पालामा अठारसयखोला, धुँवाकोट, मिर्कोट, च्याङली, मझुवादेउराली, आदि विजय गरी गोर्खा राज्य बिस्तार भयो । पोखरीथोक बजारमा मुरलीधर नारायणको(श्रीकृष्णजी) मन्दिर, रामेश्वर महादेवको मन्दिर १६९३ मा निर्माण गरे ।

भारतका महाराजासँग सहयोग मागेर, मुस्लिम कारिगरहरु ल्यायर तिनै मन्दिर र हातहतियार बनाउन सुरु गरिएको मानिन्छ । राजा रामशाहले गोर्खा राज्यमा व्यापार व्यबसाय गराउन चौबिसकोठी व्यापारीहरु ल्याए राज्य संचालन सबल बनाउन मास्के, प्रधान श्रेष्ठहरु जस्ता दक्षता प्राप्त कर्मचारीका रुपमा ल्याएका थिए । यिनै राजाका रानी रत्नावती धार्मिक निष्ठावान थिन् । रानी रत्नावतीको वयान पछि कुनै दिन गरिने छ ।

नेपाल एकीकरण वा गोर्खा राज्य विस्तार भन्ने इतिहासमा द्विविधा भएता पनि इतिहासकारहरुमा पनि गोर्खा राज्य विस्तार हुदै कान्तिपुर राज्य माथिको जितले नेपाल एकीकरण हो भन्न सकिन्छ । वि.स १७७९मा जन्मेर गोर्खाका राजा भए पछि विशाल नेपालको एकीकरणको सपना तिनै महायोगि गुरु गोरखनाथको कृपाबाट पाए । १८०१ नुवाँकोट आव्रmमणबाट सुरुभएको अभियान १८२५ असोज २५ गते पाटन र १८२६ मांसिर १ भक्तपुर जितपश्चात नेपाल एकीकरण पहिलो चरण पूरा भएको थियो ।

लिच्छिवी शासनकालमा नेपाल उपत्यकाको विकाश चरम थियो । तिब्बतसँग व्यापार थियो । आर्थिक, सामाजिक, साँस्कृतिक रुपमा अति सम्पन्न काठमाडांै उपत्यकाको जितपछि महानायक त्यहीको रमझम, सुख, सुविधा सम्पन्नताले गोर्खा राज्य नै त्यही सार्नु भयो भन्न सकिन्छ । एकीकरण सुरु गर्दाको गोरखाको सारा प्रशासन वसन्तपुर दरबारबाट सुरु भए पश्चात नै इतिहासमा जित दर्ज गरेको गोर्खाले वर्तमानमा सधै हार व्यहोर्नु पर्याे ।

काठमाडौं उपत्यका माथिको जित पश्चात गोर्खाको राजधानी काठमाडांै सारियो भारदार, सेना राजपरिवार सवै काठमाडांै झिकाइए । रानो विनाको मौरीको घार भयौं हामी गोर्खाबासी । सारा चमकधमक एकाएक गायब हुन पुग्यो । आफ्नो राजा हराएर विरानो एउटा नाम मात्रको गोर्खा बन्न पुग्यो । यसैले सारा जितेर पनि गोर्खाले हारेको इतिहास भयो । उनको पछि लागेर यहाँका जान्नेबुझ्ने, बाठाटाठा सबै काठमाडांै गए, वि.सं. १८२५ देखि काठमाडौ राजधानी सारिएपछि राज्यका सारा काम, कार्य, शासन वाग्डोर हनुमानढोका दरबारबाट सुरु हुन गयो ।

काठमाडांैमा राजधानी भए पश्चातदेखि नै गोर्खाको समग्र विकास पछाडि पर्न गयो । यसरी गोर्खाको इतिहासमा प्रख्यात भए पनि आफ्नो राज्य अस्तित्व गुमाएको अवस्था रहन गयो । आज आधुनिक नेपालको इतिहासमा उपत्यकाका तीन राज्यहरु काठमाडौं, भक्तपुर, पाटनबाहेक इतिहास, धार्मिक, धरोहर, साँस्कृतिक, पर्यटन, प्राकृतिक हिसावले उत्कृष्ट रुपमा विकास हुनपर्ने यो गोर्खा नेपालको मध्यम गतिमा हुन पुग्यो । आज मानवीय विकाशको सुचाङ्कमा गोरखा ३५–३६ नम्बरमा रहनले हाम्रो अवस्थाको चित्रण गर्दछ ।

गोरखकाली दरबार, पुरानो राजदरबार, गोरखनाथ आश्रम :

१६१६ मा राम शाहबाट निर्माण गरिएको गोरखा दरबार एवं गोरखकाली मन्दिरको अवस्था हेर्दा हामीले हाम्रो अवस्था छर्लङ्ग देखिन्छ । संसार कहाँकहाँ पुगे विकासको गति कसरी अगाडि बढे हामी यहि कछुवा गतिमै रमाउन पर्यो । हामी भन्दा निकै पछाडि रहेको अत्यन्त कम महत्व रहेको जिल्लाहरुमा स्थापना भएका मठ मन्दिरको अवस्था, पर्यटक आगमन र विकास हेर्दा साह्रै तल परेको छ । जस्तै पूर्वको पाथिभरा मन्दिर, हलेसी महादेव, पोखराको विन्ध्यावासिनी मन्दिर, गलेश्वर मन्दिर म्याग्दी आदि आज जसरी चर्चा र प्रख्यात छ, यसरी नै हाम्रो धार्मिक सम्पदा प्रख्यात र पर्यटकीय गन्तब्य बन्न सकेन । गोरखकाली दिदी र मनकामना बहिनी भएर पनि प्रचारप्रसारको हिसाबले हामी पछाडि पर्यौ ।

२०७२ सालको भुकम्पबाट क्षतिग्रस्त हुन पुगेको चाँगुनारायण मन्दिर, नुवाकोटको दरबार आदि अहिले पुनर्निर्माण भएर पर्यटकीय स्थल बनिसक्दा पनि गोर्खाको शक्तिपिठ अहिलेसम्म निर्माण नहुनुमा हाम्रो शिर निहुरिएको छ । आवश्यक भौतिक सुधार तथा निर्माण गर्न सकिएको छैन । महाश्री श्री श्री गोरखनाथको महिमा सारा हिन्दूराष्ट्रमा हुँदाहुँदै पनि मुक्तिनाथको प्रचार प्रसारले आज जसरी प्रख्यातक्षेत्र हुन गयो हामी सबैलाई थाहानै छ । हामी बत्तिमुनिको अध्यारो बन्न पुग्यौ । के गोरखावन्दिपुर भन्दा पर्यटकीय तथा धार्मिक महत्वको हिसाबले पछाडि पर्ने स्थल हुने हो र ?

राजा द्रब्यशाहको ऐतिहासिक राज्यभिषेक पस्लाङ्ग चौतारालाई संरक्षण गर्न सकिएको छैनन् । राजा राम शाहको न्याय चौतारालाई पर्यटकीय स्थल बनाउन सकिएको छैन र ध्यान दिइएको छैन । धार्मिक स्कन्दपुराणमा समेत वर्णन गरिएको उभिएको गणेशको व्यापक प्रचार प्रसार गर्न सकिएको छैन । पृथ्वीनारायण शाहको जम्मस्थल यो आँगनको नाम पृथ्वीनारायण नगरपालिकाको नाम राखेर पनि नामसम्म राख्ने आँट गर्न सकिएन ।

“इतिहासका पान्नाहरु खिया परि सके, भयो बाबा म थोत्रो इतिहास पढ्दिन” भन्ने बेला हुन लागिसक्यो । इतिहास भनेर खान सकिएन गुरु गोरखनाथ को कृपाले जो हालसम्म जे जति भएको छ त्यसैमा सन्तोष गर्नुपर्ने अवस्था छ । गोरखामा खानेपानीको व्यवस्था अझै गर्न सकिएनको गोरखा छैन । कत्रो प्रविधि, विकास आईसक्यो दरौदी नदी हामीलाई जिस्काएर तल बगिरहेछ ।

हामी प्यासी बनेर हेरिरहन परेको छ । यात्रीहरु आउदा बस्ने वातावरण बनाउन सकेको छैन ऐतिहासिक सम्पदाहरु मासिदै छन् । एउटा बसपार्कसम्म बनाउन सकिएन । सारा कुरा अस्त व्यस्त छ । हारेको एउटा सहर गोरखा मृत प्रायः जस्तै भएको छ । सारा संसार जित्न हिडेको तिनै नायकको अधिर प्रतिक्षामा छ गोरखा ।

गोरखाको जस्तो इतिहास, सांस्कृतिक तथा धार्मिक धरोहर यदि पोखरा, चितवन, पाल्पाले आदि जिल्लाहरुले पाउथ्यो भने के–के गर्न सक्थे होला ? हामी कल्पना गराँै त एकपटक । आजको शुभदिनले सबैलाई प्रेरणा दिन सकुन यही शुभकामना व्यक्त गर्द छु । अस्तु :

प्रतिक्रिया दिनुहोस्