| बुधबार, कार्तिक २५, २०८३

‘जिल्लाको समृद्धिकालागि ग्लोबल गोरखासँग सहकार्य गर्न तयार छौँ’

जिल्लाको समृद्धिकालागि ग्लोबल गोरखा सँग सहकार्य गरेर अघि बढ्न तयार रहेको गोरखाका सरोकारवालाहरुले बताएका छन् । स्थानीय तहका प्रमुख, उपप्रमुख, राजनीतिक दलका नेता एवं उद्योगी ब्यवशायीहरुले विश्वभर छरिएर रहेका गोर्खालीको साथ सहयोगले गोरखाको बिकास र समृद्धिमा ठुलो संभावना रहेको बताए ।

जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा मगरले गोरखा अस्पताल र आँपपिपल अस्पतालाई स्वास्थ्यको हव बनाएर निशुल्क उपचार बनाउनुपर्ने बताए ।

गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर राना मगरले कृषि, पर्यटन र घरेलु उद्योगमा गोरखाको बलियो संभावना रहेको बताए । आधुनिक रुपमा खेती बिस्तार गर्ने, घरेलु उद्योग बिस्तार गर्ने, बिज्ञसँग बसेर संभावनाको योजना निर्माण गर्नु आवस्यक रहेको उनले बताए ।

ग्लोबल गोरखा समाजले गोरखाको बिकासकालागि बिज्ञ समुह निर्माण गर्ने, लगानी कोष बनाउने विषय स्थानीय तहको लागि निकै फलदायी रहने उनले बताए ।

सिरानचोक गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङले जिल्लाभर सबै पालिकाको योजना मिलाएर जिल्लाको बिकासकालागि गुरुयोजना निर्माण गर्नुपर्ने बताए ।

बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले ग्लोबल गोरखा समाजले केही नमुना काम गर्नुपर्ने र त्योबाट समुदायमा सिकाई हुने बताए । साथै उनले स्थानीय स्तरमै रोजगारीको अवसर सिर्जना गर्नेगरी कार्यक्रम गर्न सुझाब दिए ।

गोरखा नगरपालिका उपप्रमुख मसलीमाया थोकरले ग्लोबल गोरखा समाजले बिभिन्न देशमा रहेका गोर्खालीलाई जोडेर वृहत लगानी भित्र्याउने बतावरण बनाईदिन अपिल गरिन् । गोरखा र पालुङटारको सिमाना छेपेटारमा बन्न लागेको तालमा बिदेशमा रहेका गोर्खालीको लगानीले धेरै अवसर सिर्जना गर्ने उनले बताईन ।

धार्चे गाउँपालिका उपाध्यक्ष सुनिला गुरुङले महिला शसक्तिकरण र उद्यमशिलताकालागि योजना बनाएर सहकार्य गर्न सकिने बताए ।

शहीदलखन गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारीले बैदेशिक रोजगारीमा गएकाहरुलाई गाउँमै रोजगारीको अवसर सिर्जना गरेर फर्काउन पालिकाले कार्यक्रम बनाएर कार्यन्वयन गर्दै आएको बताईन । साथै उनले यो कामकालागि ग्लोबल गोरखा समाजसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताईन ।

गण्डकी गाउँपालिका उपाध्यक्ष ललिता अधिकारीले पालिकाले ग्लोबल गोरखा समाजसँगकार्यक्रम र योजना माग्नेभन्दापनि सहकार्य गरेर अघि बढ्नुपर्ने बताईन । पालिकाको योजनामा सहकार्य गरेर जान तयार रहेको उनले बताईन ।

नेपाली कांग्रेसका जिल्ला सचिव किशोरजंग थापाले बिदेशमा रहेर गोरखाको बिकास कसरी गर्न सकिन्छ भन्ने चाहना राख्नु गर्वको विषय भएको बताए । आधारभुत आवस्यकता स्वास्थ्य शिक्षा, खानेपानीलाई निशुल्क गरेर अघि बढ्न स्थानीय तहले योजना लिनुपर्ने र त्यसमा सहकार्य गरेर अघि बढ्न सकिने बताए ।

नेकपा एमाले जिल्ला सचिव काजिराम रोकाले गोरखाको भुगोल अनुसारका कार्यक्रम बनाएर लागु गर्न सके पर्यटनबाट प्रचुर फाईदा लिन सकिने बताए ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष यानप्रसाद भट्टले रोजगारीको अवसरकालागि बिदेशमा गएका युवाहरुलाई स्वदेशमै अवसर सिर्जना गराउनुपर्ने बताए । गाउँ युवाहरु बिहिन हुँदै गएको बताउँदै उनले युवा फर्काउने र रोजगारीको अवसर सिर्जना सँगै उच्च शिक्षा यहाँ नै हाँसिल गर्ने बतावरण बनाउनुपर्ने बताए ।

चेम्बर अफ कमर्सका अध्यक्ष भाईचन्द्र श्रेष्ठले गोरखा नाम विश्वभर परिचिन भएकाले यहाँको उत्पादनलाई ब्राण्ड बनाएर बिदेश निर्यात गर्न सकिने बताए ।

उद्योग बाणिज्य संघ गोरखाका अध्यक्ष कृष्णकुमार श्रेष्ठले धार्मीक र ऐतिहासिक पर्यटनलाई केन्द्रित गरेर गोरखाको बिकास गर्न सकिने बताए ।

ग्लोबल गोरखा समाजका अध्यक्ष गोकर्णप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय प्रमुख,उपप्रमुख, नगरप्रमुख उपप्रमुख, गाउँपालिका प्रमुख, उपप्रमुख राजनीतिक दलका नेता, कार्यालय प्रमुख, उद्योगीब्यवशायी, पत्रकार लगायतको उपस्थिती थियो ।

समाजका अध्यक्ष ढकालले ग्लोबल गोरखा समाजले स्थानीय तहसँग, जिल्लाका सरोकारवालासँग सहकार्य गरेर अघि बढ्न चाहेको बताए । साथै प्रवाशी गोर्खार्लहरु जिल्लामा लगानी भित्र्याउन, जिल्लाको बिकासकालागि सहकार्य गर्नसँधै तयार रहेको उनले बताए । ‘विश्भर रहेका गोर्खालीलाई गोरखासँग जोड्न हामी प्रयत्नशिल हुनेछौँ’ अध्यक्ष ढकालले भने ‘यसमा स्थानीय सरकार, जनप्रतिनिधि, संघ संस्था र नागरिक समाजको सहयोग अपरिहार्य छ ।’

गोरखाको बिकास र समृद्धिको संभावनामा हाम्रो भुमिका विषय अन्तरक्रियामा ग्लोबल गोरखा समाजका नेपाल टिम सह संयोजक इन्द्रराज भट्टराईले ग्लोबल गोरखा समाज के हो ? गोरखाकालागि संभावना के हो ? के काममा सहकार्य गर्न सक्छ भन्ने विषयमा जानकारी गराएका थिए ।

कार्यक्रमको सहजिकरण ग्लोबल गोरखा समाजका नेपाल टिम सदस्य एवं पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्