| मङ्लबार, कार्तिक २४, २०८३

२४ घण्टा हराए महालक्ष्मी माविका ४ बालिका !

गोरखामा बिहिवार दिउँसोदेखि चारजना बालिका विद्यालयबाट हराएको खवर निकै सनसनीपूर्ण रुपमा फैलियो । विद्यालय गएका चार बालिका घर नफर्किएपछि उनीहरु कहाँ गए होला भन्ने चिन्ता परिवारमा प¥यो । प्रहरी र विद्यालयमा खबर भयो । सबैले खोजतलास गरे । तर बालिकाहरुको अवस्था २४ घण्टा सम्म पत्ता लागेन ।

निर्मला पन्तलाई न्याय दिने भन्दै उक्त घटनाको छानबिन गरिरहेको गृह मन्त्रालयकालागि चार बालिका एकै पटक हराउने घटना समान्य थिए । गोरखाका प्रशासकलाई तारन्तार बालिका हराएको घटनाको सोधिखोजी माथिल्लो निकायबाट भईरह्यो ।

गोरखा प्रहरी बिहिवार रातभर बालिका खोजीमा तल्लिन भयो । शुक्रवार दिउँसो १ बजे मात्रै प्रहरीले बालिकाहरुलाई भेट्टाउन सफल भयो । गोरखा सदरमुकामबाट हराएकी ४ जना बालिका तनहुँको बरादीमा फेला परे । गोरखा नगरपालिका वडा नं ९ लक्ष्मीबजार स्थित महालक्ष्मी माविमा अध्ययनरत ४ जना बालिका तनहुँको बरादीमा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

सो विद्यालयमा अध्ययनरत कक्षा ६ का १३ वर्षीय अनिता कुँवर, कक्षा ४ का १४ वर्षीय चाचल आचरा, कक्षा ५ का सरिता परियार, कक्षा ४ का सुनिता गुरुङ भेटिएको एसपी केदार खनालले बताए । उनका अनुसार हराएका बालिकाहरु मध्ये गुरुङ बारपाक सुलिकोट, परियार शहिद लखन र आचल रौतहटकी हुन् ।

उनीहरु विहिबार दिउँसो एक बजे विद्यालयबाट निस्किए । विद्यालय छेउमा रहेको एक घरमा किताब र स्कुल पोशाक राखेर उनीहरु त्यहाँबाट हिँडे । पूर्ववत योजना अनुसार बालिकाहरु विद्यालयबाट हिँडेका हुन् । विद्यालय पोशाक बाहेकपनि उनीहरु कपडा बोकेर गएका थिए ।

बालिकाहरु लक्ष्मीबजारबाट अबुवा सम्म हिडेर गएका थिए । त्यहाँबाट आँबुखैरेनी सम्म उनीहरु सार्वजनीक गाडी चढे । आँबुखैरेनीबाट एक जना व्यक्तिले उनीहरुलाई तनहुँको बरादी सम्म लगेको बताइएको छ ।

ति बालिकाहरु मध्ये सुनिता गुरुङसँग मोबाइल फोन थियो । प्रहरीले पक्राउ गर्नु अघि एक जना व्यक्तिसँग निरन्तर फोन सम्पर्कमा रहेकी थिईन । जसका कारण प्रहरीलाई ति बालिकाहरुको खोजी गर्न सहज भयो । सरिता परियारकी आफन्ता प्रकाश परियारको घर बरादीमा उनीहरु भेटिएका एसपी खनालले जानकारी दिए । उनीहरु शुक्रवार दिउँसो पोखरा जाने तयारीमा थिए । पोखरा गएर काम गर्ने योजना रहेका प्रहरी समक्ष बालिकाहरुलाई बताएका छन् ।
शनिवार प्रहरीले ति बालिकाहरुलाई परिवारको जिम्मा लगाएको छ ।

किन हराउँछन बालबालिका ?

अभिभावकहरुले बालबालिकाका गतिविधिमा ध्यान नदिनु उनीहरु हराउनुको प्रमुख कारण हो । अविभाबक वा संरक्षकले आफ्नो बालवालिका के गरिरहेको छ, साथीसँगत कस्तो छ ? के कुरामा उसको ध्यान केन्द्रित छ भन्ने विषेश ख्याल गर्नुपर्छ ।
अविभाबक बालवालिकाको आवश्यकताका बारेमा जानकार नहुनु, मोबाइल फोनको दुरुपयोग गर्नु लगायतका कारण प्रकारका समस्या दोहोरिने गरेको प्रहरीमा उजुरी आएका घटनाले देखाउँछ ।

यस्तै, आर्थिक अवस्था, घरायसी कलह लगायत कारणले बालबालिका घर छाडेर हिँडेपछि हराएका घटना धेरै छ । साथीको लहैलहैमा लागेर सहर छिरेर हराउने गरेको पाइएको छ भने अलि–अलि बोकेर ल्याएको पैसा सकिन्छ अनि उनीहरू बेवारिसे हुन्छन् । त्यसरी हिँडेका कतिपय सडकमा भेटिन्छन् । कतिपय होटललगायत ठाउँमा मजदुरी गरिरहेका हुन्छन् ।

अशिक्षा र गरिबीको पीडामा रहेका परिवारबाट बालबालिका बाहिरिने गरेका छन् । घरेलु कामदारका लागि दलालहरुले ललाईफकाइ लैजाने गरेको पनि पाइएको छ । दलालले फकाएका बालबालिका यौन हिंसा तथा बेचबिखनको शिकार हुने गरेका छन् ।

हराएका अधिकांश बालबालिका जोखिमयुक्त अवस्थामै भेटिने गरेको प्रहरीले जनाएको छ । कोही भने आफन्तका घरमा पनि भेटिने गरेका छन् ।

बालबालिका देशको भोलिका कर्णधार हुन् । उनीहरुलाई उचित शिक्षा–दिक्षा प्रदान गरी योग्य र सक्षम नागरिक बनाउनु सरकारको कर्तव्य हो । तर वर्षेनी हराउने बालबालिकाको संख्या बढिरहँदा समस्या समाधानको सट्टा बालबालिकालाई हेर्ने महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले ध्यानाकर्षण विज्ञप्ति निकाल्ने बाहेक अन्य प्रभावकारी पहल गरेको देखिँदैन ।

कसरी कम गर्ने ?

सर्वप्रथम त बालबालिकाहरुलाई शिक्षित बनाउनुपर्छ । के राम्रो, के नराम्रो, के गर्न हुन्छ के गर्नु हुँदैन भन्ने बारे आफ्ना बालबालिकालाई राम्रोसँग बुझाउनु पर्छ । सकभर आफ्नो बालबालिकालाई समय दिनुपर्छ । कुनै पनि बालबालिकालाई र्दुब्यवाहार गर्नु हुँदैन । चाहे त्यो घर होस् या स्कुल या समाज बालबालिको मनोभावमा असर पर्ने खालको व्यवहार गर्नु हुँदैन । गरिवी र पछौटेपनमा परेका बालबालिकाहरुप्रती राज्य तथा सरोकारवाला निकायको ध्यान जान सके पनि यो संख्या घट्न सक्छ । सम्बन्धित निकायको ध्यान त्यतातिर जानुपर्ने गोरखाका प्रहरी प्रमुख एसपी केदार खनाल बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्