| मङ्लबार, कार्तिक २४, २०८३

पृथ्वी जयन्तीको पुर्वसन्ध्यामा ठूलो आँगन देखि प्रतिक्षालय सम्म सरसफाई

पृथ्वी जयन्तीको पुर्व सन्ध्यामा गोरखा बजार क्षेत्रमा सरसफाई कार्यक्रम आयोजना गरिएको छ ।

रोट्रर्‍याक क्लव अफ गोरखाको आयोजन र गोरखा नगरपालिकाको सहकार्यमा शनिबार गोरखा नगरपालिका वडा न ६ ठूलो आँगन देखि वडा नं ८ को प्रतिक्षालय सम्म सरसफाइ गरिएको हो ।

हरेक वर्ष पृथ्वी जयन्तीको पुर्व सन्ध्यामा सरसफाई गर्दै आएको क्लवका उपाध्यक्ष शिवहरी तिमल्सीनाले बताए । शनिबार विहान आठ बजे देखि ११ बजे सम्म ठूलो आँगन देखि प्रतिक्षालय सम्मका सडकको दायाबायाँ सरसफाइ गर्नुका साथै नाली पनि सफा गरेको उनले जानकारी दिए ।

सरसफाई कार्यक्रममा रोटरी क्लव अफ गोरखा, रोट्रर्‍याक क्लव अफ गोरखा, रोट्रर्‍याक क्लव अफ बज्र मनास्लु, लायन्स क्लव अफ गोरखा, लियो क्लव अफ गोरखा, गोरखा नगरपालिकाका जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, वडा अध्यक्ष, वडा सदस्य, पदेली टोल विकास संस्था, बसपार्क टोल विकास संस्था, शत्तिचोक टोल विकास संस्था, हरमटारी क्लव र गोरखा जेसिज गोरखाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

रोट्रर्‍याक क्लव अफ गोरखाका अध्यक्ष निरन्जन कट्टेको अध्यक्षता तथा गोरखाको नगरपालिकाका नगरप्रमुख कृष्ण रानामगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्