| मङ्लबार, कार्तिक २४, २०८३

स्वाँरा सघन गाउँ विकास केन्दको अध्यक्षमा गुरुङ चयन

स्वाँरा सघन गाउँ विकास केन्द्र गोरखाको अध्यक्षमा कृष्ण कुमारी गुरुङ चयन भएका छन् ।

केन्द्रको शनिबार भएको ३५ औँ वार्षिक साधारण सभा तथा सातौँ अधिवेशनबाट गुरुङ पुनःअध्यक्षमा चयन भएकी हुन् ।

अधिवेशनले गुरुङको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा शंकर नेपाली, सचिवमा हरिमान गुरुङ र कोषाध्यक्षमा देवी थापा चयन भएका छन् ।

सदस्यहरुमा ज्ञान माया गुरुङ, तुलसी बाबु श्रेष्ठ, याम नारायण श्रेष्ठ, राज गुरुङ चयन भएका छन् । एक जना सदस्य पछि थप्ने निर्णय भएको छ ।

कार्यक्रममा प्रमिला अधिकारीले २०७८÷७९ को आर्थिक प्रतिवेदन र केन्द्रका कार्यकारी निर्देशक सिताराम श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सोहि अवसरमा केन्द्रका कार्यक्रम व्यवस्थापक द्रोणचार्य तिमल्सीना, लेखा तथा प्रशासन अधिकृत प्रमिला अधिकारी र कार्यसमितिका सदस्य हरिमान गुरुङलाइ सम्मान गरिएको थियो ।
केन्द्रका अध्यक्ष गुरुङको अध्यक्षतामा कार्यक्रम भएको हो ।

प्रतिक्रिया दिनुहोस्