| मङ्लबार, कार्तिक २४, २०८३

१६ जिल्ला कारागार प्रमुखको गोष्ठी गोरखामा

गण्डकी प्रदेशका ११ सहित विभिन्न १६ जिल्लाका कारागार शाखा प्रमुख र कारागारको लेखा शाखामा काम गर्ने कर्मचारीहरुको एक दिने गोष्ठी बुधवार गोरखामा सम्पन्न भएको छ ।

गोष्ठीमा कारागार ब्यवस्थापन, कार्ययोजना निर्माण गर्दा ध्यान दिनुपर्ने कुरा, लेखा प्रणाली कसरी चुस्त राख्ने भन्ने विषयमा छलफल भएको कारागार शाखा गोरखाका प्रमुख गणेशप्रसाद भट्टराईले बताए ।

‘कारागार ब्यवस्थापनको योजना र बेरुजु फस्र्यौटको बारेमा गोष्ठीमा प्राथमिकताका साथ छलफल भयो’ उनले भने । गण्डकी प्रदेशका जिल्लाहरुसहित सिराहा, सर्लाही, पर्सा मकवानपुर रौतहट जिल्ला कारागारका कर्मचारी गोष्ठीमा सहभागी थिए । गोष्ठीमा विद्यमान ऐन कानुनका बारेमा पनि जानकारी गराइएको थियो ।

कारागार ब्यवस्था तथा कैदीबन्दीलाई गरिने ब्यवहारका बारेमा कारागार ब्यवस्थापन बिभागका महानिर्देशक चक्रपाणि पाण्डेले प्रशिक्षण दिएका थिए । गोष्ठीमा गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले कैदीबन्दीको ब्यवस्थापन, कारागारको नियम, कानुन, सुरक्षा लगायतका बारेमा सहजीकरण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्