| मङ्लबार, कार्तिक २४, २०८३

प्रेस युनियनको गण्डकीमा महासचिव गोरखाका ढकाल र सचिवमा मियाँ सर्वसम्मत

नेपाल प्रेस युनियनको गण्डकी प्रदेश अधिवेशन मंगलवार र बुधवार पोखरामा सम्पन्न भएको छ । प्रथम अधिवेशनले टंक अधिकारीको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको छ ।

समितिको महासचिवमा गोरखाका प्रकाश ढकाल र सचिवमा मोहसिन अलि मियाँ चयन भएका छन् । गोरखाबाट पत्रकारिता सुरु गरेका ढकाल पोखराबाट प्रकाशित आर्दश समाज दैनिकमा कार्यरत छन् । गोरखामा पत्रकारिता गर्दै आएका मियाँ सिभिलखबर अनलाईनका संचालक÷सम्पादक हुन् ।

उनी पत्रकार महासंघ गोरखाका कोषाध्यक्ष समेत रहेका छन् ।
त्यस्तै उपाध्यक्षमा माधव रेग्मी र संगिता केसी, समावेशी उपाध्यक्ष शारदा झेडी, सचिव नारायण रिजाल, महिला सचिव अन्जना तिमिल्सिना, कोषाध्यक्ष सन्देश पौडेल, लेखा समिति संयोजक राधाकृष्ण डुम्रे चयन भएका प्रेस युनियनका केन्द्रिय सचिव नरहरि सापकोटाले बताए ।

त्यसै गरी कार्यसमिति सदस्यमा शंकरराज नहर्की, गिता लामिछाने, सुभाष पौडेल, ऋषि बस्याल, रीमा शाही, खगेन्द्र भण्डारी, देवराज पुरी, प्रेम चन्द्र रौनियार, गोविन्द लामिछाने, गिता खत्री र निरज अधिकारी रहेका छन् । नेपाल प्रेस युनियन गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट निर्वाचितहरुलाई मन्त्री बिन्दुकुमार थापाले बधाई ज्ञापन सँगै निर्वाचित प्रमाण पत्र प्रदान गरेका थिए ।
मंगलवार भएको उद्घाटन सत्रमा नेपाली कांग्रेसका सह महामन्त्री जिवन परियार, प्रेस युनिका केद्रिय अध्यक्ष शिव लम्साल, नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजयबाबु शिवाकोटी लगायतले सुभकामना ब्यक्त गरेका थिए । प्रेस युनियनका प्रदेश अधिवेशन देशभर गण्डकीमा पहिलो हो ।

प्रतिक्रिया दिनुहोस्