
नेपाल मगर संघ गोरखाले भव्य रुपमा माघे संक्रान्ति मनाउने
नेपाल मगर संघ गोरखाले भब्य रुपमा माघेसंक्रान्ति पर्व मनाउने भएको छ । धार्मिक सांस्कृतिक परम्पराको जगेर्ना गर्ने उद्देश्यले संघले माघेसंक्रान्तिलाई उत्सवको रुपमा पर्व मनाउन लागिएको नेपाल मगर संघ जिल्ला कार्य समिति गोरखाका अध्यक्ष बिष्णु राना मगरले बताए ।
आउँदो माघ गते १ र २ गते मगर माघेसंक्रान्तिको अवसरमा १३ औँ जिल्ला अधिवेशन पनि हुने भएको छ । संघले आईतवार गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गरी माघेसंक्रान्ति र अधिवेशनका बारेमा जानकारी गराएको हो ।
११ स्थानीय तह रहेको गोरखामा चुमनुब्री र धार्चे गाउँपालिकाबाहेक नौ वटा पालिकामा मगर समुदायको बसोबास रहेको छ । ती पालिकाहरुबाट जनसंख्याका आधारमा जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनौट हुने नेपाल मगर संघ जिल्ला कार्यसमिति गोरखाका अध्यक्ष विष्णु रानामगरले बताए । सबैभन्दा धेरै गोरखा नगरपालिकाभित्र मगर समुदायको बाहुल्यता रहेको उनले बताए । सबै पालिकाबाट प्रतिनिधि र पर्यवेक्षक गरी ५० जना छनौट भएर आउने र २५ सदस्यीय जिल्ला कार्य समिति चयन गरिने उनले बताए ।
विगत दुईवर्ष कोभिडलगायतका कारण कार्यक्रम गर्न नपाएको बताउँदै अहिले सबै अवस्था सामान्य भएसँगै माघे सक्रान्ति तथा अधिवेशनलाई भव्य रुपमा मनाउने तयारी गरिएको मगर संघ जिल्ला कार्य समितिले जनाएको छ । २०६८ को जनगणना अनुसार गोरखामा मगरहरुको जनसंख्या ३१ हजार छ ।
अधिवेशनकै अवसर पारेर गोरखाका मगर समुदायको संस्कृति, इतिहासलाई संरक्षण गर्न हालको अवस्था बारेमा जानकारी दिनका लागि ‘भैरव’ नामक स्मारिका प्रकाशन गर्ने तयारी गरिएको छ । २०६५ सालमा भैरव नामक स्मारिका पहिलो पटक प्रकाशन भएको थियो । गोरखामा मगर समुदायको संस्कृति, इतिहास, राजनैतिक, आर्थिक अवस्था लगायत कुराहरु लिखित रुपमा राख्न दोस्रो पटक स्मारिका प्रकाशन गर्न लागेको अध्यक्ष रानाले जानकारी दिए ।
स्मारिकामा गोरखामा मगर जातिको अवस्था, मगर जातिको इतिहास, संस्कृति र मगर जातिको पुजारीको इतिहास बारेमा समेटिने उनले बताए । त्यस्तै, मगर जातिको संस्कृति अन्तरग झ्याउरे, घाँटु, चुट्का, सोरठी लगायतका मगर जातिले पुज्ने देवीदेवताहरु लिपिबद्ध रुपमा उल्लेख गर्ने उनले बताए ।
त्यस्तै, कुन ठाउँमा कति जनाले मगर भाषा बोल्छन, गोरखाका मगर जातिले राष्टिूय तथा अन्तर्राष्टिूय क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरु र स्थानीय तह, प्रदेश र संघमा मगर जातिहरुको जनप्रतिनिधि अवस्था लगायतका कुराहरुको तथ्यांक संकलन गरी स्मारिका प्रकाशन गर्र्नेे योजनामा रहेको उनले बताए ।
कार्यक्रम माघ १ गते विहान सदरमुकाममा मगर समुदायको संस्कति झल्किने गरी भेषभुषा, बाजागाजा, झाँकी सहितको ¥याली हुने र हरमटारी रंगशालामा कार्यक्रम आयोजना गरिने र माघ २ गते बन्दसत्र सुरु हुने नेपाल मगर संघ गोरखाका सचिव अशोक रानाले बताए ।
सोही समयमा गोरखा उद्योग वाणिज्य संघले हरमटारी रंगशालामा महोत्सव आयोजना गर्ने भएको मगर संघको कार्यक्रम र मेलाको व्यवस्थापनका लागि छलफल भइरहेको अध्यक्ष रानाले बताए । २०४२ सालमा स्थापना भएको संघले गोरखामा मगर समुदायको भाषा, संस्कृति संरक्षण गर्नुका साथै मगर समुदायको हकअधिकारका लागि काम गर्दै आएका छन् ।




