
६ केजी पाँचऔँले सहित आरुघाटबाट एक जना पक्राउ
गोरखाको आरुघाट गाउँपालिकाको सोतीबजारबाट ६ केजी पाँचऔँलेसहित एकजना पक्राउ परेका छन् ।
धार्चे गाउँपालिका २ केरौँजाका ५४ वर्षीय आशमान गुरुङ पक्राउ परेका इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक रामजी देवकोटाले बताए ।
‘प्रतिवन्धित पाँचऔँले बोकेर हिँड्दै गर्दा पक्राउ गरिएको हो’, प्रहरी निरीक्षक देवकोटाले भने, ‘पाँचऔँलेसहित पक्राउ परेका ब्यक्तिलाई जिल्ला प्रहरी कार्यालय पठाएका छौँ ।’ जिल्ला प्रहरी कार्यालयले आईतवार डिभिजन बन कार्यालयमा बुझाउने तयार गरेको छ ।
पाँचऔँले प्रतिवन्धित जडिवुटी भएकाले यो संकलन र बिक्री गर्न नपाइने डिभिजन वन कार्यालयका सहायक वन अधिकृत महेश पौडेलले बताए ।




