
नेपाल शिक्षक संघ स्थानीय कार्यसमिति गोरखा नगरपालिकाको अध्यक्षमा श्रेष्ठ
नेपाल शिक्षक संघ स्थानीय कार्यसमिति गोरखा नगरपालिकाको अध्यक्षमा नन्दकुमार श्रेष्ठ चयन भएका छन् । गोरखा सदरमुकाम स्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा शुक्रबार भएको कार्यसमितिको तेस्रो अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा चयन भएका हुन् । अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्ष(महिला) मन्जु भट्टराई, उपाध्यक्ष(खुल्ला) शिव दानी, सचिवमा भवानी खड्का चयन भएका छन् ।
त्यस्तै, १४ वटा वडा संयोजक सहितको कार्यसमिति चयन गरिएको निर्वाचन समितिले जनाएको छ । कार्यक्रममा निवृत शिक्षकहरुलाई सम्मान तथा दोसल्ला ओडाइ सम्मान गरिएीको थियो । कार्यक्रममा सचिव र कोषाध्यक्ष प्रतिवदेन सर्वसम्मतले पारित भएको थियो ।
नगरसमितिका अध्यक्ष नन्दकुमरा श्रेष्ठको सभापतित्व तथा नेपाली काँग्रेस गोरखाका सचिव कृष्ण आलेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा काँग्रेस गोरखाका सहसचिव लुमनाथ लामिछाने, नेपाल शिक्षक संघका अध्यक्ष शिव बहादुर थापा, नेपाल शिक्षक संघका केन्द्रिय सदस्य सिताराम भट्टराई, नेपाल शिक्षक संघका जिल्ला सचिव लक्ष्मणबाबु आचार्य लगायतले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।




