
विज्ञ छनौटमा ध्यान दिन सांसद बजगाईद्वारा प्रधानमन्त्रीलाई आग्रह
नेपाली काग्रेसबाट प्रतिनिधिसभामा निर्वाचित गोरखा क्षेत्र नम्बर १ का सांसद राजेन्द्र बजगाईँले विज्ञहरुको नियुक्ती गर्दा राजनीतिक पूर्वाग्रहभन्दा माथि उठेर सही मान्छेलाई छान्न प्रधानमन्त्री पुष्प कमल दाहालको ध्यानाकर्षण गराएका छन् ।
प्रधानमन्त्री दाहालसंग बुधबार भेट्दै राजनीतिक नियुक्तीका लागि धाउन चल्तीका स्वघोषित विज्ञहरूप्रति सचेत रहन पनि उनले आग्रह गरे । देशको विकासका लागि विदेशबाट विज्ञहरु झिकाएर सम्भावनाहरूको अध्ययन गर्न पनि उनले प्रधानमन्त्रीलाई सुझाव दिए ।
प्रधानमन्त्रीसंगको भेटमा सांसद बजगाईले पोलिसीमा खेल्ने ब्यापारी मित्रहरूसंग टाढा रहन पनि आग्रह गरे । त्यसैगरी उनले अमेरिका र दुबई कसरी बन्यो त्यही अनुसार हाम्रो देशको विकासमा लागी पर्न सुझाव दिए ।




