| बुधबार, कार्तिक २५, २०८३

माझथर माविका विद्यार्थीलाई लियोक्लवद्वारा स्टेशनरी सामान वितरण


गाउँ गाउँमा लियो भन्ने उद्देश्यका साथ लियो क्लव अफ गोरखाले माझथर मावि बारपाक सुलीकोट ३ स्वाँरामा अध्ययनरत विद्यार्थीलाई स्टेशनरी सामान वितरण गरेको छ । क्लवका टेमर समिर तामाङको जन्मदिनको अवसर पारेर क्लवले त्यहाँ अध्ययनरत ६५ जना विद्यार्थीहरुलाई स्टेशनरी सामान वितरण गरेको हो ।


विभिन्न सहयोगदाताहरुबाट संकलन गरिएको स्टेशनरी सामग्री क्वलका अध्यक्ष बालकृष्ण परियारले विद्यालय व्यवस्थापन समिति र विद्यालय परिबारलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोलबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष बलहादुर गुरुङ, प्रधानाध्यापक उत्तम बराम, क्लवका अध्यक्ष बालकृष्ण परियार लगायतले मन्तव्य ब्यक्त गरेका कार्यक्रमका संयोजन गरेका राज गुरुङले जानकारी दिए । उनका अनुसार ६५ जना विद्यार्थीहरुलाई कापी, कलम, इरेटर र सिसाकलम वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्