
छिपिटोल नयाँ बजार टोल विकास संस्थको अध्यक्षमा श्रेष्ठ
छिपिटोल नयाँ बजार टोल विकास संस्थाको अध्यक्षमा विष्णुप्रसाद श्रेष्ठ चयन भएका छन् । गोरखा नगरपालिका वडा न ७ मा शनिबार भएको संस्थाको १७ औँ वार्षिक साधारण सभा एवं आठौं अधिवेशनबाट श्रेष्ठको अध्यक्षमा नयाँ कार्यसमिति चयन भएको हो ।
समितिको उपाध्यक्षमा सहदेवप्रसाद श्रेष्ठ, सचिवमा हरीकुमार श्रेष्ठ, सहसचिवमा लक्ष्मी श्रेष्ठ र कोषाध्यक्षमा कृष्णकुमार श्रेष्ठ चयन भएका छन् । सदस्यहरुमा भोला बस्नेत, ईश्वर कुमार श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, हर्कमान श्रेष्ठ चयन भएका रामबाबु श्रेष्ठले जानकारी दिए ।
त्यस्तै, लेखा सुपरिवेक्षण समितिको संयोजकमा रामकुमार श्रेष्ठ र सदस्यहरुमा केशव बस्नेत र अनिता श्रेष्ठ चयन चयन भएका उनले बताए ।
कार्यक्रममा संस्थाका सचिव सहदेवप्रसाद श्रेष्ठले आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक प्रगति प्रतिवदेन, कोषाध्यक्ष कृष्णकुमार श्रेष्ठले वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै, शिवप्रसाद श्रेष्ठले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाका अजयकुमार श्रेष्ठका आमा दयालक्ष्मी श्रेष्ठलाई जेष्ठ सदस्यका रुपमा सम्मान गरिएको थियो । त्यस्तै, २०७८ सालमा एसइइमा उत्कृष्ट अंक ल्याएका संस्थाका विष्णुप्रसाद श्रेष्ठको छोरा नविन श्रेष्ठ र भद्रलाल ढकालकी छोरी ऐश्वर्य ढकाललाई पनि सम्मान गरिएको थियो । सोहि कार्यक्रममा असल सुपुत्रका रुपमा संस्थाका सदस्य योगेन्द्र प्रधानलाई सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष ओमबहादुर श्रेष्ठको अध्यक्षता तथा गोरखा नगरपालिका वडा नं ७ का वडा अध्यक्ष विष्णुप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा टोल विकास संस्थाको सदस्य तुलसा मरहट्टा, सदस्य सुमेन्द्र श्रेष्ठ, सल्लाहाकार रामबाबु श्रेष्ठ, अतिथि नयाँ बसपार्क टोल विकास सस्थाको अध्यक्ष दामोदर घिमिरे लगायतले मन्तव्य राखेका थिए ।




