| मङ्लबार, कार्तिक २४, २०८३

उपभोक्तासँगबार्ता गरी निकास दिन चम्पावती हाईड्रोपावर कम्पनीलाई आग्रह

गोरखा र लमजुङको सिमानामा पर्ने चेपे नदीमाबन्नलागेको ७ मेगावाट क्षमताको ‘चेपे ए’ जलविद्युतआयोजनानिर्माण कम्पनीले तत्कालउपभोक्तासँगबनर्ता गरेर समस्याको निकास दिनुपर्नेमा स्थानीय राजनीतिकदलहरुले जोड दिएका छन् ।
बुधवार संयुक्त प्रेस बिज्ञप्ती जारी गर्दै राईनास नगरस्तरीय बिभिन्न पार्टीका नेताहरुले यथासक्य छिटो जलउपभोक्ता समितिसँगबार्ता गरी उचितनिकास दिन जोड दिएका छन् ।

जलविद्युतआयोजनानिर्माण गरिरहेको चम्पावतीहाईड्रोपावर कम्पनीकाकारण राईनासटार सिंचाई आयोजनाको आठ सय ५० हेक्टर जमिनमाखुख्खाहुने भन्दै स्थानीयले बिरोध जनाउँदै आएका छन् ।

पटक पटकबार्ता, छलफल हुँदा गरिएका सहमतिअनुसार कम्पनीले कामनगरेको भन्दै गतशनिवार स्थानीयले कार्यालय, सवारी सधानमाआगजनी र तोडफोड गरेकाथिए । हाईड्रोपावरले राईनासटार सिंचाई आयोजनाको मुहानभन्दादुई सय मिटर माथिपानीनिकास गराउने सहमतिभएको थियो ।

उक्त सहमति बिपरित आयोजनाले काम अघि बढाएपछि आयोजना र स्थानीय उपभोक्ता बीच शान्तिपूर्ण बार्ताको तयारी भएको स्थानीय बताउँछन् । आयोजनाका संचालकहरुले काम रोकीबार्ता गर्न समेत अटेर गरेर सञ्चालकहरुले नै तोडफोड र आगजनी गरी घटनालाई तोडमोड गरेर उपभोक्तालाई दोष लगाएको दलहरुद्वारा जारी बिज्ञप्तीमा भनिएको छ ।

कम्पनीले उक्त घटनापछि ८ जनाबिरुद्ध जिल्लाप्रहरी कार्यालय गोरखाका किटानी जाहेरी दिएको छ । आयोजनाबाट प्रभावित क्षेत्र लमजुङको राईनासटार भएपनितोडफोड र आगजनीभएको कार्यालय गोरखाको सिरानचोक गाउँपालिकामा पर्छ । कम्पनीले स्थानीयलाई मुद्धा लगाउने दुश्प्रयास गरेको भन्दै दलहरुले बिज्ञप्ती मार्फत भत्र्सना गरेका छन् ।

बुधवार जारी प्रेस बिज्ञप्तीमा नेपालीकांग्रेस राईनास नगर समितिका सभापतिश्रीकृष्ण पौडेल, नेकपाएमालेकानगर कमिटि सचिव बलराम घिमिरे, माओवादी केन्द्रकानगर इन्चार्ज चन्द्रकान्तन्यौपाने, एकिकृत समाजवादीकानगर सचिव गजेन्द्रराज घिमिरे, राप्रपकानगर सभापति नरबहादुर पाण्डेले बिज्ञप्तीमा हस्ताक्षर गरेका छन् ।
चम्पावतीहाईड्रो कम्पनीले भने ३० करोड क्षतिपूर्ति मागगर्दै जाहेरी दिएपछि प्रहरीले घटनाबारे अनुसन्धानगरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्