| मङ्लबार, कार्तिक २४, २०८३

खानेपानी महशुल निर्धारण आयोगको अध्यक्षमा गोरखाका जनार्दन अर्याल नियुक्त

गोरखाको शहीदलखन गाउँपालिका १ बक्राङका जनार्दन अर्याल खानेपानी महशुस निर्धारण आयोगको अध्यक्षमा नियुक्त भएका छन् ।

मंसीर २० गतेको मन्त्रिपरिषदको निर्णयअनुसार अर्याललाई बिशिष्ट श्रेणीको सुविधा पाउने गरी खानेपानी महशुस निर्धारण आयोग ऐन २०६३ को उपदफा २ बमोजिम नियूक्त गरिएको बताइएको छ ।

खानेपानी मन्त्रालयका सहसचिव शोभाकान्त पौडेलेद्वारा प्रदान गरिएको नियुक्ती पत्रमा ऐनमा तोकिए बमोजिम पदावधी हुने गरी नियुक्त गरिएको उल्लेख छ । अर्याल नेपाली कांग्रेस गोरखाका नेता हुन् ।

प्रतिक्रिया दिनुहोस्