| मङ्लबार, कार्तिक २४, २०८३

मानवअधिकार तथा शान्ति समाजद्वारा अन्तरक्रिया

मानव अधिकार तथा शान्ति समाज गोरखाले मानव अधिकार लोकतन्त्र र शान्तिको आधार विषय छलफल कार्यक्रम गरेको छ । ७४ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिबसको अवसर पारेर शनिवार गोरखा सदरमुकाममा सो विषयमा छलफल भएको हो ।

मानव अधिकार तथा शान्ति समाज गोरखाकी अध्यक्ष गोमा दुवाडीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले मानव अधिकार हननका घटना हुन नदिन राज्य र संयन्त्रहरु लागि परिरहेको बताए । साथै उनले अहिले पनि त्यस्ता खालका घटनाहरु घट्ने गरेकोप्रति सचेत हुनुपर्ने, न्यूनिकरण गर्नुपर्नेमा सबैले आ–आफ्नो ठाउँबाट भुमिका खेल्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख लिला परियार, मानव अधिकार तथा शान्ति समाज गोरखाका पूर्व अध्यक्ष स्थानेश्वर दुवाडी, शान्ति समाजका पूर्व अध्यक्ष एवं मानव अधिकार सञ्जाल गोरखाका अध्यक्ष यदु अधिकारी, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटा, गोरखा नगरपालिका सामाजिक बिकास शाखा प्रमुख बिजयभक्त उपाध्याय, महिला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष सावित्री भट्ट, शान्ति समाजका आजिवन सदस्य काशिनाथ अम्गाई, गोरखा क्याम्पसका बिजुला न्यौपाने, जिल्ला समन्वय समितिका पूर्व उपप्रमुख जानुका अधिकारी, गोरखा नगर कार्यपालिका सदस्य पम्फा गान्धारी लगायतले धारणा राखेका थिए ।

सहभागीले लैंङ्गिक हिंसा डरलाग्दो घटना अहिले पनि घटिरहेको बताउँदै राज्य अझै बढी जिम्मेवार र नागरिकप्रति उत्तदायी बन्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्