
भिमकुल सहकारीद्वारा मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग
गोरखाको भिमसेन थापा गाउँपालिका ७ बोर्लाङको भिमकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मानव सेवा आश्रम गोरखालाई खाद्यान्न सहयोग गरेको छ । शुक्रवार एक कार्यक्रमका बिच संस्थाका अध्यक्ष कृष्णकुमार श्रेष्ठले आश्रममा खाद्यान्न सामग्री सहयोग गरेका हुन् ।
सहकारीले चामल, तेल, चिउरा, भुजा लगायतका खाद्यान्न सहयोग गरेको संस्थाका सचिव भुमि गोतामेले बताए । संस्थाको समुदाय प्रतिको उत्तरदायित्व अन्तरगत २७ औँ साधारण सभाको अवसर पारेर सहकारीले उक्त सहयोग गरेको जनाएको छ ।
मंसिर २४ गते शनिवार सहकारीले २७ औँ साधारण सभा गर्दैछ । २०५२ सालमा स्थापना भएको यो शहकारीमा तीन हजार आठ सय ५९ जना सदस्य रहेका छन् ।




