
निर्माण व्यवसायी संघ गोरखाद्वारा मानव सेवा आश्रमलाई आर्थिक सहयोग
निर्माण व्यवसायी संघ जिल्ला समिति गोरखाले मानव सेवा आश्रमलाई आर्थिक सहयोग गरेको छ ।१५ औँ राष्ट्रिय निर्माण दिवसको अवसर पारेर बिहिबार आर्थिक सहयोग गरिएको संघले जनाएको छ ।
आश्रम पुगेर संघका जिल्ला अध्यक्ष सूर्यबहादुर भण्डारीले त्यहाँका अभिभावक इश्वरकाजी मास्केलाई नगद १५ हजार हस्तान्तरण गरेका थिए ।
उक्त रकम मानव सेवा आश्रमले त्यहाँ रहेका बालवालिकाको पठनपाठनमा खर्च गर्ने जनाएको छ ।




